बैंकिङ कसुरका घट्ना एकै वर्षमा दोब्बर, काठमाडौंमा मात्रै ७ हजारभन्दा बढी मुद्दा दर्ता

सविन ढकाल
२०८० साउन १९ गते ०८:५६ | Aug 4, 2023
बैंकिङ कसुरका घट्ना एकै वर्षमा दोब्बर, काठमाडौंमा मात्रै ७ हजारभन्दा बढी मुद्दा दर्ता

काठमाडौं। रामेछाप घर भएका तिलबहादुर श्रेष्ठ र शिवचन्द्र श्रेष्ठबीच राम्रो चिनजान थियो। खनखाँचोमा एक अर्कालाई आर्थिक सहयोग गर्न पछि हट्दैनथे। कारोबारका सिलसिलामा तिलबहादुरले शिवचन्द्रलाई ६० लाख रुपैयाँ सापटी दिए।

Tata
GBIME
Nepal Life

आपसी विश्वासकै कारण उनीहरूले रकम लेनदेनमा कुनै तमसुक गरेनन्। केही समयपछि अर्थात २०७९ असोज २८ गते शिवचन्द्रले तिलबहादुरको हातमा ६० लाख रुपैयाँको चेक थमाए। प्राइम कमर्सियल बैंकको कमलपोखरी शाखाको चेक थियो।

चेक लिएको केही समयमा तिलबहादुर बैंकमा पुगे। तर चेकमा उल्लेखित रकम बैंक खातामा नदेखिएपछि कर्मचारीले चेक फिर्ता गरिदिए। केही कारणले ब्यालेन्स भएन होला भन्ने ठानेर तिलबहादुरले शंका गरेनन्। उनी दोस्रो पटक पुनः बैंक गए। यसपटक पनि खातामा पर्याप्त रकम थिएन। त्यसपछि उनको मनमा शंका उब्जियो। सम्पर्क गरेर रकम दिन भने। तर, शिवचन्द्रले दिएनन्। त्यही कारोबार दुई बीचको सम्बन्धमा दरार बन्न पुग्यो।

पटक-पटक खातामा पैसा नभएपछि बैंकले चेक बाउन्स गरिदियो। पैसा माग्दासमेत नदिएपछि तिलबहादुर प्रहरीको सहयोग लिन पुगे। जिल्ला प्रहरी परिसर काठमाडौंले पटकपटक शिवचन्द्रलाई रकम फिर्ता दिन भन्यो। तर मानेनन्। नतिरेपछि उनलाई पक्राउ गरेर सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दायर गरियो। बैंकिङ कसुरमा मुद्दा अदालत पुग्यो।

रित्तो बैंक खाता तर हातभरि भएको चेक दुरुपयोग गर्दा तिलबहादुरसँगको सम्बन्ध मात्र बिग्रिएन, अपराध गरेको कसुरमा शिवचन्द्रले सजाय भोग्नुपर्‍यो।

रित्तो बैंक खाता तर हातभरि भएको चेक दुरुपयोग गर्दा तिलबहादुरसँगको सम्बन्ध मात्र बिग्रिएन, अपराध गरेको कसुरमा शिवचन्द्रले सजाय भोग्नुपर्‍यो।

तिलबहादुर जस्तै काठमाडौं गोकर्णेश्वरका प्रताप पाख्रिन पनि पीडित बने। सहयोग गर्ने भावनाले उनले पनि चिनेजानेका लालबहादुर पुलामीलाई रकम दिएका थिए। उनले दिएको रकम भने तिलबहादुरको तुलनामा केही कम थियो। दुई लाख रुपैयाँ सापटी दिएका थिए। रकम दिएको केही समयपछि उसैगरी प्रतापले पनि लालबहादुरसँग मागे। उनले गत माघ १६ गते भेटेरै प्रतापको हातमा राष्ट्रिय वाणिज्य बैंकको चेक राखिदिए।

घटना फेरि उस्तै भयो। उनी पनि चेक लिएर बैंक पुगे। तर लालबहादुरको नाममा रहेको बैंक खातामा रकम भने थिएन। प्रताप तीन पटकसम्म बैंकमा गए। तर खातामा रकम नभएपछि बैंकले चेक बाउन्स भनेर लेखिदियो। प्रताप त्यसपछि काठमाडौं प्रहरीकहाँ पुगे। उजुरीपछि प्रहरीले बैकिङ कसुरमा अनुसन्धान अगाडि बढायो।

प्रहरीले आरोपी लालबहादुरको खोजी गर्न थाल्यो, तर भेटिएनन्। उनलाई फरार प्रतिवादी बनाएर प्रहरीले सरकारी वकिल कार्यालयमा राय प्रतिवेदन बुझायो। वकिल कार्यालयले अदालतमा बैंकिङ कसुरमा मुद्दा दायर गर्‍यो। प्रहरीले जहाँ भेटे पनि लालबहादुरलाई पक्राउ गर्नेछ।

उनीविरुद्ध अदालतले पक्राउ पुर्जी दिएको छ। दोषी देखिए माग दाबी भएको बिगो रकम र तीन महिनासम्म कैद वा दुवै सजाय लालबहादुरले भोग्नुपर्ने छ।

नोट झैँ कानुनी अस्तित्व बोकेको चेकलाई केवल ‘कागजको खोस्टो’ मात्र सोच्नेहरुको चिनजानको सम्बन्ध विग्रिएको मात्र होइन, उनीहरुले अपराधको भागिदार बन्नुपरेको छ।

नोट झैँ कानुनी अस्तित्व बोकेको चेकलाई केवल ‘कागजको खोस्टो’ मात्र सोच्नेहरुको चिनजानको सम्बन्ध बिग्रिएको मात्र होइन, उनीहरुले अपराधको भागीदार बन्नुपरेको छ।

Rojan_Shrestha_Cheque_Bounce_-3550 चेक

शिवचन्द्र र लालबहादुर प्रतिनिधि पात्र मात्र हुन्। चेकलाई एउटा ‘कागजको खोस्टो’ मात्र सोच्दा धेरैले मुद्दा झेल्नुपरिरहेको छ, हिरासतसम्मको यात्रा भोग्नु परेको छ। पछिल्लो समय बैंकिङ कसुर देशभित्र सबैभन्दा धेरै बढेको अपराध देखिएको छ। जसमा पनि चेक बाउन्स सबैभन्दा धेरै देखिन्छ।

गएको चैत १५ देखि असार १५ गतेसम्म बैंकिङ कसुरका मात्र ३ हजार ५११ वटा मुद्दा दर्ता भएका थिए। अघिल्लो वर्षको सोही तीन महिनाको तुलनामा यस्ता मुद्दा ८९ प्रतिशतले बढेका हुन्। २०७८ चैत १५ देखि २०७९ असार १५ सम्म बैंकिङ कसुरका १ हजार ८६० वटा मुद्दा दर्ता भएको नेपाल प्रहरीको तथ्यांक छ। बैंकिङ कसुरमा पनि चेक बाउन्सका मुद्दा ९० प्रतिशत रहेको नेपाल प्रहरी प्रवक्ता डीआईजी कुवेर बहादुर कठायतले जानकारी दिए।

बैंकिङ कसुरका घटना सबैभन्दा धेरै भएको जिल्ला काठमाडौं हो। काठमाडौंमा गत आर्थिक वर्ष २०७९/८० मा बैंकिङ कसुरका घटना करीब १०० प्रतिशतले बढेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंले ७ हजार १०१ वटा मुद्दा अदालतमा दर्ता गराएको छ। उसले बैंकिङ कसुरमा अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ३ हजार ७१५ मुद्दा अदालत लगेको थियो।

‘मानिसमा चेक दुरुपयोगसम्बन्धी ज्ञान नभएको हो कि। एक हजारको नोट र हजारको चेक उस्तै भन्ने सोच्दैनन्। कागज न हो, जतिखेर दिँदा पनि भयो भनेर खाता नहेरी चेक काट्ने गरेको पनि देखियो,’ जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी दानबहादुर कार्कीले भने।

काठमाडौंमा गत आर्थिक वर्ष २०७९/८० मा बैंकिङ कसुरका घटना करिब १०० प्रतिशतले बढेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंले ७ हजार १०१ वटा मुद्दा अदालतमा दर्ता गराएको छ। उसले बैंकिङ कसुरमा अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ३ हजार ७१५ मुद्दा अदालत लगेको थियो।

बैंक खाता रित्तै, हातभरि चेक

केही समय अगाडि काठमाडौं प्रहरीले ईश्वरी पोखरेल भन्ने आरोपीलाई पक्राउ गर्‍यो। ईश्वरी ठगीका मास्टर माइन्ड भनेर प्रहरीमा चिनिएका पात्र हुन्। उनीमाथि वैदेशिक रोजगारीदेखि मेडिकल कलेज खोल्ने बहानामा करौडौं रुपैयाँ ठगी गरेको आरोप छ।

ईश्वरी आफूलाई भीआईपी देखाउन खोज्थे। त्यही आधारमा व्यापारीले विश्वास गरी चेक लिएर सामान दिन्थे। तर उनको कुनै पनि खातामा पैसा हुँदैनथ्यो। उनले ठगी धन्दा गरेको एक दशक भइसकेको छ।

ईश्वरी पर्सामा विभिन्न हार्डवेयरको सामान किनेर ४७ लाख रुपैयाँको चेक दिएर फरार भए। भैरहवाको हार्डवेयरमा २३ लाखको चेक दिएर गायब बने। चितवनमा विभिन्न भुजिया र नमकिन लगायतको सामान खरिद गरी चेक दिएर फरार भए। उनका यस्ता हर्कत धेरै छन्। प्रहरीले उनलाई पक्राउ गर्दा गाडीमा चेकको बन्डल नै फेला परेको थियो।

ईश्वरी आफूलाई भीआईपी देखाउन खोज्थे। त्यही आधारमा व्यापारीले विश्वास गरी चेक लिएर सामान दिन्थे। तर उनको कुनै पनि खातामा पैसा हुँदैनथ्यो। उनले ठगी धन्दा गरेको एक दशक भइसकेको छ। पटकपटक समातिए पनि जेलबाट छुटेपछि चेकमार्फत ठगी धन्दालाई नै निरन्तरता दिए।

‘चेक बाउन्सको घटना रोक्न बैंकले पनि कारोबारको आधारमा मात्र चेक इस्यु गर्नु पर्‍यो। कारोबार शून्य तर हातमा सय वटा चेक दिनु भएन,’ एसएसपी कार्की भन्छन्। पछिल्लो समय अरूको नामको कागजपत्र प्रयोग गरेर खाता खोली ठग्ने घट्ना पनि बढ्दै गएका छन्।

चेक बाउन्स मेलमिलापबाट पनि मिल्छ। तर धेरै मानिस अदालत पुग्दैनन्। प्रहरीले दोषीलाई समातेपछि पैसा पाउने आशामा पीडित प्रहरीकहाँ नै पुग्ने गरेका छन्। जसले गर्दा प्रहरीकहाँ चेक बाउन्सका उजुरी पनि बढेका छन्।

Rojan_Shrestha_Cheque_Bounce_-3550 चेक

खातामा पैसाविना चेक काट्ने ठेकेदार चेक बाउन्समा परिरहेका छन्। चेक बाउन्समा प्रहरीले केही दिनअघि मात्र एक जना ठेकेदारलाई पक्राउ गरेको छ।

चेक बाउन्समा ठेकेदार पक्राउ

पछिल्लो समय निर्माण व्यवसायी पनि चेक बाउन्सका घटनामा प्रहरीमा पुग्न थालेका छन्। प्रहरीले केहीलाई पक्राउ पनि गरेको छ। काम सकेर प्रक्रिया पूरा गरेका निर्माण व्यवसायीले नै सरकारबाट भुक्तानी पाउन सकेका छैनन्। व्यवसायीले पाउनुपर्ने त्यस्तो रकम करीब १३ अर्ब रुपैयाँ छ। यसको असर पनि चेक बाउन्समा देखिएको छ।

निर्माण ठेक्का लिएकाहरुले विभिन्न काम गराएका पेटी ठेकेदारदेखि अन्यलाई पहिले नै चेक काटेर दिने गर्छन्। आंशिक वा पूर्णरुपमा काम सम्पन्न भएपछि पनि सरकारले कतिपय ठेकेदारलाई भुक्तानी दिएको छैन। खातामा पैसा बिना चेक काट्ने ठेकेदार चेक बाउन्समा परिरहेका छन्। चेक बाउन्समा प्रहरीले केही दिनअघि मात्र एक जना ठेकेदारलाई पक्राउ गरेको छ।

‘२ करोड ९८ लाख जतिको चेक बाउन्स भएको थियो। तर ती ठेकेदारले सरकारबाट १८/१९ करोड रुपैयाँ पाउन बाँकी रहेछ। पाएको भए चेक बाउन्स नहुन सक्थ्यो,’ एसएसपी कार्कीले भने।