विद्युत् उत्पादन कम्पनीको सीईओमा बखत बहादुर शाही नियुक्त, यस्तो छ उनको पृष्ठभूमि

बिजमाण्डू
२०८० साउन १८ गते १३:२४ | Aug 3, 2023
विद्युत् उत्पादन कम्पनीको सीईओमा बखत बहादुर शाही नियुक्त, यस्तो छ उनको पृष्ठभूमि

काठमाडौं। विद्युत् उत्पादन कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा बखत बहादुर शाही नियुक्त भएका छन्।

Tata
GBIME
NLIC

कम्पनीको सञ्‍चालक समितिको बिहीबार बसेको बैठकले शाहीलाई नियुक्त गरेको हो। रिक्त रहेको सीईओ पदका लागि कम्पनीले जेठ ११ गते विज्ञापन निकालेको थियो।

उक्त पदमा आवेदन दिएका १३ मध्ये ६ जना छनोटको अन्तिम सूचीमा परेका हुन्। छविराज पोखरेल, देवेन्द्र केसी, नरेन्द्रसिंह भण्डारी, बखत बहादुर शाही, रणबहादुर थापा र राजु श्रेष्ठ सर्ट लिस्टमा परेका थिए। शाहीले ५ जना आकांक्षीलाई पछि पार्दै सीईओमा बाजी मारेका हुन्।

दैलेखका शाहीसँग निजी क्षेत्रको निलगिरी हाइड्रोपावरमा काम गरेको अनुभव छ। उनले यसअघि जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेडमा पनि सीईओका लागि आवेदन दिएका थिए।

विद्युत् उत्पादन कम्पनी सरकारले ठूला जलविद्युत् आयोजना विकासका लागि स्थापना गरेको कम्पनी हो। यो कम्पनीले ४८० मेगावाटको फुकोट कर्णाली, किमाथांका अरुण, १९०२ मेगावाटको मुगु कर्णाली लगायतका आयोजनाहरु अध्ययन गरिरहेको छ।