पाका बैंकर नारायणदास मानन्धर अवकाश भए, राष्ट्र बैंकलाई मुद्दामा हराएर फर्किएका थिए जागिरमा

बिजमाण्डू
२०८० साउन १७ गते १२:५६ | Aug 2, 2023
पाका बैंकर नारायणदास मानन्धर अवकाश भए, राष्ट्र बैंकलाई मुद्दामा हराएर फर्किएका थिए जागिरमा

काठमाडौं। प्राइम कमर्सियल बैंक स्थापनादेखि प्रमुख कार्यकारी अधिकृत रहेका नारायणदास मानन्धर अवकाश भएका छन्।

Tata
GBIME
NLIC

१५ वर्षभन्दा लामो अवधि बैंकको प्रमुख कार्यकारी रहेका उनी नियामकीय प्रावधान अनुसार अवकाश भएका हुन्। उनी उमेर अनुसार ४ वर्षअघि नै अवकाश भइसक्नु पर्ने थियो। तर अदालतमा मुद्दा लडेर जितेपछि वहाल भएका थिए।

राष्ट्र बैंकले एउटै संस्थामा दुई कार्यकालभन्दा बढी एउटै व्यक्ति प्रमुख कार्यकारी अधिकृत हुन नपाउने व्यवस्था गरेको छ। संशोधित ऐन कार्यान्वयनपछि उनको दुई कार्यकाल गणना भएको थियो। त्यही व्यवस्थाले मानन्धर अवकाश भएका हुन्।

यसअघि राष्ट्र बैंकले प्रमुख कार्यकारी ६५ वर्षमाथिको व्यक्ति हुन नहुने निर्देशन जारी गरेको थियो। त्यसबेला एकै पटक केही सञ्‍चालक र प्रमुख कार्यकारीको जागिर गएको थियो। तर अदालतले थमौती गरिदिएपछि जागिरमा फर्किएका थिए।

त्यसबेला पनि कामु प्रमुख कार्यकारीको जिम्मेवारी पाएका सञ्‍जीव मानन्धरलाई बैंकले यसपाली पनि कामु बनाएको छ।

मानन्धर पुरानो पुस्ताका बैंकर हुन्। अब बैंकिङमा एकाध मात्र पुरानो पुस्ताका बैंकर छन्।