सिनर्जी पावरको ५० प्रतिशत हकप्रद २५ गतेबाट, साउन ११ सम्म कायम सेयरधनीले भर्न पाउने

बिजमाण्डू
२०८० साउन १७ गते ०९:०० | Aug 2, 2023

काठमाडौं। सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीले साउन २५ देखि भदौ १३ गतेसम्म सेयर जारी गर्न लागेको हो।

Tata
GBIME

कम्पनीको २ कित्ता सेयर हुनेले एक कित्ताका लागि आवेदन दिन पाउँछन्। गत साउन ११ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउने छन्।

कम्पनीको चुक्ता पुँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँ छ। यसको ५० प्रतिशत सेयर जारी गर्न लागेको हो।

हकप्रद सेयर जारीपछि कम्पनीको चुक्ता पुँजी ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँले बढ्ने छ।