हेलिकप्टरपछि हवाइजहाजको उडानमा क्यानको कडाइ, तोकिएको समयमाबाहेक उडान नगर्न निर्देशन

बिजमाण्डू
२०८० साउन १६ गते १६:२१ | Aug 1, 2023
हेलिकप्टरपछि हवाइजहाजको उडानमा क्यानको कडाइ, तोकिएको समयमाबाहेक उडान नगर्न निर्देशन


काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले हेलिकप्टर पछि हवाइजहाजको उडानमा कडाइ गरेको छ। क्यानले आन्तरिक उडान सुरक्षाका लागि भन्दै नयाँ मापदण्ड लागु गरी हवाइजहाजको उडानमा कडाइ गरेको हो।

Tata
GBIME

क्यानले विभिन्न विमानस्थलमा सञ्चालन अवधि अनुसार उडान तालिका बनाउन निर्देशन दिएको प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए। उनले भने, ‘वर्षाको समयमा हुने दुर्घटनालाई ख्याल गरेर सेप्टेम्बरसम्मका लागि नयाँ मापदण्ड लागु गरिएको हो।’

हाल मुलुकभर ५५ विमानस्थल रहेकामा ३४ वटा वटा सञ्चालनमा छन्। ती विमानस्थलमा नेपाल वायु सेवा निगम, बुद्ध, यती, श्री, सौर्य, तारा, सीता, समिट लगायत वायुसेवा कम्पनीले उडान गर्दै आएका छन्।

विमानस्थल सञ्चालन अवधि बाहेकको समयमा उडान गरिएको अवस्थामा क्यानले सम्बन्धित हवाइ सेवा प्रदायक कम्पनीलाई कारबाही गर्ने छ। क्यानले असार अन्तिम सातादेखि हेलिकोप्टरको उडानमा कडाइ गरेको थियो।