लिभरपुलका मिडफिल्डर फ्याबिन्हो पनि पुगे साउदी, इत्तिहादमा ६ अर्ब ७६ करोडमाथिको डिल

बिजमाण्डू
२०८० साउन १६ गते ०८:२४ | Aug 1, 2023
लिभरपुलका मिडफिल्डर फ्याबिन्हो पनि पुगे साउदी, इत्तिहादमा ६ अर्ब ७६ करोडमाथिको डिल


इङ्ग्लिस क्लब लिभरपुलका मिडफिल्डर फ्याबिन्हो साउदी प्रो लिग जाने भएका छन्। ब्राजिलका मिडफिल्डर एसपीएलको अल इत्तिहादमा तीन वर्षको सम्झौतामा जाने भएका हुन्।

Tata
GBIME

२९ वर्षे फ्याबिन्हो लिभरपुलबाट प्रिसिजनमा जर्मनी पनि गएका थिएनन्। उनलाई लिभरपुलबाट साउदी लैजान अल इत्तिहादले ४० मिलियन पाउन्ड अर्थात ६ अर्ब ७६ करोड रुपैयाँ बराबरको बिडिङ गरेको थियो।

अल इतिहादमा करिम बेन्जेमा, एनगोलो कान्टे, रोमारिन्हो, जोटा लगायतका खेलाडी रहेका छन्।

फ्याबिन्होले लिभरपुलबाट २१९ खेल खेलेर ११ गोल गरेका थिए। उनी सन् २०१८ मा मोनाकोबाट लिभरपुल पुगेका थिए। उनले लिभरपुल छँदा च्याम्पियन्स लिग, प्रिमियर लिग, एफए कप र क्लब विश्‍वकप टोलीलाई जिताउन सफल भएका थिए।

‘आज म घर छाड्दै छु,’ उनले ट्वीटरमा लेखेका छन्, ‘यो सबै अनुभवहरुका लागि ‘रेड्स’लाई धन्यवाद। ‘यू विल नेभर वाक अलोन’’