हवाई टिकटमा भ्याट तत्काल कार्यान्वयन नगर्न अल्पकालिन आदेश, छलफलका लागि बोलायो

बिजमाण्डू
२०८० साउन १४ गते १८:२१ | Jul 30, 2023
हवाई टिकटमा भ्याट तत्काल कार्यान्वयन नगर्न अल्पकालिन आदेश, छलफलका लागि बोलायो


काठमाडौं। सर्वोच्च अदालतले हवाई टिकटमा लगाएको भ्याट तत्काल कार्यान्वयन नगर्न अल्पकालिन आदेश दिएको छ। न्यायधिश अनिलकुमार सिन्हाको एकल इजलासले अल्पकालिन आदेश दिएको हो।

Tata
GBIME

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स एशोसिएसन(नाट्टा)ले भ्याट कार्यान्वयन नगर्न भन्दै सर्वोच्चमा रिट दायर गरेको थियो। सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत हवाई टिकटमा भ्याट लागु गरेको थियो। सर्वोच्चले सरकार र नाट्टा दुबै पक्षलाई छलफलका लागि बोलाएको छ।

नाट्टा अध्यक्ष रमेश थापाले भ्याट कार्यान्वयन रोक्न अल्पकालिन आदेश आएको बताए। उनले भ्याट कार्यान्वयनपछि विदेशबाट टिकट जारी हुने क्रम बढेको बताए।

‘विदेशबाट टिकट काट्दा १३ प्रतिशत सस्तो हुने भयो। त्यसले विदेशबाट धमाधम टिकट इस्यु हुन थालेको छ,’ अध्यक्ष थापाले भने।