पानीजहाजमा कामदार लैजाँदै दक्षिण कोरिया, इपीएस भाषा परीक्षाका लागि आवेदन आह्‍वान



बिजमाण्डू
२०८० साउन १४ गते ०९:५१ | Jul 30, 2023
पानीजहाजमा कामदार लैजाँदै दक्षिण कोरिया, इपीएस भाषा परीक्षाका लागि आवेदन आह्‍वान

काठमाडौं। दक्षिण कोरियाले पानीजहाजमा काम गर्न २ हजार ५ सय जना नेपाली कामदार लैजाने भएको छ। पानीजहाज कम्पनीमा काम गर्न इच्छुकले इपीएस भाषा परीक्षा दिनुपर्नेछ। परीक्षाको आवेदन फाराम साउन २० गतेदेखि खुल्ने छ।

Tata
GBIME
Zonsen

आइतबार ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग इपीएस कोरिया शाखाले सूचना जारी गर्दै साउन २० गतेदेखि २४ गतेसम्म इपीएसको फाराम भर्न सकिने जनाएको हो।

विभागले यसअघि साउन १३ देखि १५ गतेसम्म कोरियाबाट काम गरेर फर्किएकाहरुका लागि भाषा परीक्षाको फाराम खुलाएको थियो।

रोजगारीका लागि कोरिया जान सबैभन्दा पहिले भाषा परीक्षा पास गर्नुपर्छ। इपीएस कोरिया शाखाले यो पटक असोज १ देखि भाषा परीक्षा लिँदैछ। परीक्षा एकै दिनमा चार सिफ्ट गरी सञ्चालन हुनेछ। आवेदक संख्याका आधारमा परीक्षा तालिका फेरबदल हुन सक्ने शाखाले जनाएको छ। आवेदक संख्या बढी भएमा पहिलो र दोस्रो गरी दुई चरणमा परीक्षा सञ्चालन हुनेछ।

इपीएसले यस पटक भने अनलाइनबाटै फारम भर्नुपर्ने व्यवस्था मिलाएको छ। यसअघि फाराम भर्न भीड लाग्ने गरेको कारण यस पटक त्यसलाई व्यवस्थापन गर्न अनलाइन सेवा सुरु गरिएको हो।

भाषा परीक्षामा १८ वर्ष उमेर पुगेका तर ३९ वर्ष नकटेका तथा फौजदारी अभियोगमा अदालतबाट जेल सजाय नपाएका सहभागी हुन पाउँछन्। साथै, कोरियामा गएर गैरकानुनी गतिविधिमा संलग्न नभएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएको, कोरियामा इ-९ र इ-९-१ भिसामा पाँच वर्षभन्दा कम अवधि बसेकोले पनि आवेदन दिन पाउने छन्।

यसअघि इपीएस भाषा परीक्षा दिएकाहरुले समेत यो परीक्षामा सामेल हुन सक्ने इपीएसले जनाएको छ।