सुन तस्करीमा सरकारकै मुख्य मान्छेको मिलेमतोमा रहेको ओलीको दाबी, अरुलाई नै फसाउन खोजेको आरोप

बिजमाण्डू
२०८० साउन १३ गते १८:२१ | Jul 29, 2023
सुन तस्करीमा सरकारकै मुख्य मान्छेको मिलेमतोमा रहेको ओलीको दाबी, अरुलाई नै फसाउन खोजेको आरोप


नेपालगन्ज। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीमा सरकार आफूलाई जोगाउने र अरुलाई फसाउने खेलमा लागेको आरोप लगाएका छन्। उनले मुख्य दोषीसम्म पुग्नुको साटो भरियाहरुलाई मात्र समाउनुले त्यहि पुष्टि भएको बताए।

Tata
GBIME
NLIC

नेपालगञ्जमा शनिबार शुरु भएको एमालेका लुम्बिनी प्रदेशका जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले सरकारको जानकारीबिना विनास्थलबाट एक क्विन्टल सुन भित्रन सम्भव नै नहुने बताए। ‘एउटा सुइसमेत छिर्न नसक्ने एयरपोर्टबाट एक क्विन्टल सुन भित्रिन कसरी सम्भव हुन सक्छ?’ उनले प्रश्न गरे।

ओलीले सुन प्रकरणमा सरकारका मुख्य मान्छे नै संलग्न रहेको आरोप लगाए। ‘सरकारको विशेष जिम्मेवारीमा रहेका व्यक्तिको योजनाबिना यति ठूलो परिणाममा सुन भित्रन सक्दैन’, उनले भने, ‘यो सेटिङबिना सम्भव छैन।’ तर उनले ती मुख्य मान्छे भनेको को हो भन्ने स्पष्ट पारेनन्।

ओलीले एक दुई वस्तु लिएर आउँदा पटक पटक जाँच हुने ठाउँमा एक क्विन्टल कसरी जाँच पास भयो भन्नेबारे सरकारले जवाफ दिनुपर्ने बताए। रासस