यौनिक तथा लैंगिक अल्पसंख्यकले पाए ट्रेकिङ गाइडको तालीम, जीविकोपार्जनमा सहयोग पुग्ने विश्वास

बिजमाण्डू
२०८० साउन ११ गते १९:०३ | Jul 27, 2023
यौनिक तथा लैंगिक अल्पसंख्यकले पाए ट्रेकिङ गाइडको तालीम, जीविकोपार्जनमा सहयोग पुग्ने विश्वास


काठमाडौं। यौनिक तथा लैंगिक अल्पसंख्यकलाई पर्यटन क्षेत्रमा आबद्ध गराई आर्थिक तथा सामाजिकरूपमा सबल तुल्याउने उद्देश्यले पथप्रदर्शक (ट्रेकिङ गाइड) तालिम दिइएको छ। ३५ दिने तालीम २५ जनालाई दिइएको हो।

Tata
GBIME
NLIC

नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीले नेपालमै पहिलोपटक यौनिक तथा लैंगिक अल्पसंख्यकलाई ट्रेकिङ गाइड तालीम दिएका हुन्। तालीम पूरा गर्ने सबैलाई बिहिबार प्रमाणपत्र दिइएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई तालीम दिन आफैंमा ठूलो सन्देश भएको बताए। उनले यसबाट नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

युएनडीपी नेपालका पोर्टफोलियो म्यानेजर कल्पना सरकारले तालीमले अल्पसंख्यकहरुको जीविकोपार्जनमा सहयोग पुग्ने अपेक्षा गरिएको बताइन्।