विराटनगरमा पनि सञ्‍चालनमा आयो महिन्द्राको पावरोल डिजल जेनेरेटरको डिलरसिप

बिजमाण्डू
२०८० साउन १० गते ०९:४४ | Jul 26, 2023
विराटनगरमा पनि सञ्‍चालनमा आयो महिन्द्राको पावरोल डिजल जेनेरेटरको डिलरसिप


काठमाडौं। महिन्द्राको पावरोल डिजल जेनेरेटरको आधिकारिक बिक्रेता अग्नि मोटोइंकले विराटनगरमा पावरोल जेनेरेटरको डिलरसिप सञ्‍चालनमा ल्याएको छ। कम्पनीले त्यसका लागि एमएस प्याक्ट पावर प्रालिलाई छनोट गरी उक्स डिलरसिपको उद्घाटन गरेको हो।

Tata
GBIME

अग्नि ग्रुपले महिन्द्रा युटिलिटी भेहिकल, ट्राक्टर तथा इलेक्ट्रिक सवारीसाधनहरूको आयात तथा बिक्री गर्दै आइरहेको छ। देशभरी महिन्द्रा पावरोल डिजल जेनेरेटरले विद्युतीय शक्ति आवश्यकताहरूलाई पुरा गर्दै आइरहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार आजसम्म नेपालको जेनेरेटर बजारमा महिन्द्रा एक प्रतिष्ठित ब्राण्डको छाप बनाउन सफल भएको छ।

हालका लागि महिन्द्रा पावरोल जेनेरेटरहरू ५ केभीएदेखि ६२४ केभीएसम्मका २८ मोडेलहरूमा उपलब्ध छन्। कम्पनीका अनुसार पावरोल जेनेरेटरहरू विश्वस्तरीय महिन्द्रा इन्जिन र लेरोय सोमरको अल्टरनेटर यूरोपेली प्रविधिबाट सुसज्जित छ।

साथै, महिन्द्रा पावरोलले आफ्ना जेनेरेटरहरूमा राम्रो इन्धन कुशलता र कम कार्बन उत्सर्जन गर्ने विश्व प्रमाणित डिजिटल पावर नियन्त्रण गर्ने डीपीसी मोड्यूलहरू प्रयोग गरेको कम्पनीले जनाएको छ। हाल महिन्द्रा पावरोल डिजल जेनेरेटरहरु सुविधाजनक र पोर्टेबल ५ केभीएदेखि लिएर हेवी ड्युटी ६२५ केभीएसम्मका उपलब्ध छन्।

अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले महिन्द्रा पावरोल नेपालको जेनेरेटर उद्योगमा अग्रणी रहेको र सबै नेपालीको रोजाइमा रहेको बताए।

‘हामी अत्यन्त खुशी छौं कि हामीले हाम्रो उत्कृष्ट सेवा र देशव्यापी नेटवर्कको कारणले छोटो अवधिमा यसलाई अग्रणी ब्रान्डको रुपमा स्थापित गर्न सकेका छौं,’ उनले भने, ‘महिन्द्रा पावरोलले भिन्‍न आवश्यकता अनुसारको उपयुक्त जेनेरेटरहरूको पोर्टफोलियो प्रदान गर्दछ र देशभरीका अग्रणी निर्माण, होटल, अस्पताल, बैंक र सरकारी कार्यालयहरू तथा अन्य निकायहरुलाई छनौट तथा सेवा प्रदान गर्दछ।’

त्यस्तैगरी, प्याक्ट पावरका प्रबन्ध निर्देशक दर्शन कार्कीले महिन्द्रा पावरोल डिजल जेनेरेटरहरूले कम ध्वनि प्रदूषण गर्नुका साथै अधिक इन्धन कुशलता प्रदान गर्ने बताए।

‘हामीले विशेष रुपमा ग्राहकको सन्तुष्टी तथा बिक्रीपछिको सेवाहरूमा विशेष ध्यान दिएकोले ग्राहकहरुको छनोटमा पर्दै आइरहेका छौँ,’ उनले भने, ‘हामी उत्कृष्ट ग्राहक सेवा प्रदान गर्न २४ घण्टा कार्यरत छौँ र ग्राहक आवश्यकतामा प्राथमिकता दिएर उच्चतम सेवा सुनिश्चित गर्दैछौँ। हामी आवश्यक जेन्युन स्पेयर पार्ट्स प्रदान गर्न कटिबद्ध छौँ।’