टेस्ला र बीवाइडीबीच ब्याट्रीमा सहकार्य, ब्लेड ब्याट्री भएको पहिलो टेस्ला वाई मोडल सार्वजनिक

बिजमाण्डू
२०८० साउन १० गते ०८:३९ | Jul 26, 2023
टेस्ला र बीवाइडीबीच ब्याट्रीमा सहकार्य, ब्लेड ब्याट्री भएको पहिलो टेस्ला वाई मोडल सार्वजनिक


काठमाडौं। विश्‍वका दुई ठूला विद्युतीय गाडी निर्माता कम्पनी टेस्ला र बीवाइडीबीच ब्याट्रीमा सहकार्य भएको छ। जसमा चिनियाँ इभी र ब्याट्री निर्माता बीवाइडीको ब्लेड ब्याट्री प्रयोग गरिएको पहिलो टेस्ला वाई मोडल जर्मनीमा सार्वजनिक भएको छ।

Tata
GBIME

गत मे ४ मा जर्मन मिडियाहरुले यी दुई कम्पनीबीच सहकार्य सुरुवात हुने घोषणा गरेका थिए। बीवाइडी र टेस्ला इभीका लागि दुई प्रतिस्पर्धी कम्पनी भएकाले एक अर्कामा सहकार्य गर्ने कुरामा केही समयअगाडि देखि नै चर्चा चल्दै आएको थियो।

तर यो व्यावहारिक हुन्छ वा हुँदैन भन्ने शंका थियो। अब भने उक्त शंका हटेको छ।

बीवाइडीको एलएफटी ब्याट्रीबाट चल्ने पहिलो टेस्ला मोडल पनि हो। मे महिनामा टेस्लाको मोडल वाई उत्पादन हुन थालेको थियो। यद्यपि यो प्रोडक्सन मोडल नभई प्रोटोटाइप मात्र हो।

यो एक इन्ट्री लेवल इलेक्ट्रिक कार हुनेछ, जसमा ५५ किलोवाट आवरको एलएफपी ब्याट्री प्रयोग गरिएको छ र सिंगल चार्जमा ४४० किलोमिटर रेन्ज दिन्छ।

बीवाइडीको सहायक कम्पनी फिनड्रिम्सले आफ्नै इनहाउस ब्याट्रीको रुपमा ब्लेड ब्याट्रीको विकास र उत्पादन गर्दै आएको छ, जुन विश्‍वमै नौलो प्रविधि र क्षमतायुक्त ब्याट्री मानिन्छ। यसले प्रदान गर्ने रेन्ज र यसमा भएको थिकनेसले गर्दा अहिले यो विश्‍वमा चर्चित छ। त्यसैले टेस्लाले पनि यसको ब्याट्री प्रयोग गर्न थालेको हो।