महँगियो गोलभेडा, घट्यो प्याजको भाउ, कालीमाटीमा कति छ तरकारीको थोक मूल्य?

बिजमाण्डू
२०८० साउन ९ गते ०९:२६ | Jul 25, 2023
महँगियो गोलभेडा, घट्यो प्याजको भाउ, कालीमाटीमा कति छ तरकारीको थोक मूल्य?


काठमाडौं। कालीमाटी बजार विकास समितिले मंगलबारको लागि तरकारीको थोक मूल्य तय गरेको छ।

Tata
GBIME

मंगलबार ठूलो गोलभेडा (नेपाली) को न्यूनतम थोक मूल्य प्रतिकिलो १०० रुपैयाँ र अधिकत मूल्य १२० रुपैयाँ रहेको छ। सोमबार यसको न्यूनतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र अधिकत मूल्य १०० रुपैयाँ थियो।

त्यस्तै, सानो गोलभेडा (लोकल) को न्यूनतम थोक मूल्य प्रतिकिलो ३५ रुपैयाँ र अधिकतम मूल्य ४५ रुपैयाँ तय भएको छ। सोमबार यसको न्यूनतम थोक मूल्य ४० रुपैयाँ र अधिकतम मूल्य ४५ रुपैयाँ तय भएको छ।

सानो गोलभेडा (टनेल)को मूल्य न्यूनतम थोक मूल्य ५८ रुपैयाँ छ भने अधिकतम मूल्य ६८ रुपैयाँ रहेको छ।

सुकेको प्याज (भारतीय) को मंगलबार न्यूनतम थोक मूल्य प्रतिकिलो ४८ रुपैयाँ र अधिकतम मूल्य ५० रुपैयाँ रहेको छ। सोमबार यसको न्यूनतम थोक मूल्य प्रतिकिलो ४९ रुपैयाँ र अधिकतम मूल्य ५२ रुपैयाँ थियो।

यस्तै, लोकल गाजरको न्यूनतम थोक मूल्य प्रतिकिलो ११० रुपैयाँ र अधिकतम मूल्य १२० रुपैयाँ रहेको छ।

लोकल बन्दाको मूल्य स्थिर छ। यसको न्यूनतम थोक मूल्य प्रतिकिलो १२ रुपैयाँ र अधिकतम मूल्य १६ रुपैयाँ रहेको छ।

आज रातो आलुको न्यूनतम थोक मूल्य ४८ रुपैयाँ र अधिकतम मूल्य ५० रहेको छ। भारतीय रातो आलुको न्यूनतम थोक मूल्य ३५ रुपैयाँ रहँदा अधिकतम मूल्य ३६ रुपैयाँ रहेको छ। सेतो आलुको न्यूनतम थोक मूल्य ३५ रुपैयाँ तय भएको छ भने अधिकतम मूल्य ४६ रुपैयाँ रहेको छ।

कालीमाटी बजारमा यस्तो छ तरकारीको थोक मूल्य