आवासीय घर बनाएर बिक्री गर्ने कम्पनीहरुलाई प्रवाह हुने ऋणको जोखिम भार १०० प्रतिशतमा झर्‍यो

बिजमाण्डू
२०८० साउन ७ गते १७:४७ | Jul 23, 2023
आवासीय घर बनाएर बिक्री गर्ने कम्पनीहरुलाई प्रवाह हुने ऋणको जोखिम भार १०० प्रतिशतमा झर्‍यो


काठमाडौं। घरजग्गाको व्यवसाय गरिरहेका कम्पनीहरुमा प्रवाह हुने कर्जाको जोखिम भार १०० प्रतिशत कायम गरिएको छ।

Tata
GBIME

आइतबार मौद्रिक नीति सार्वजनिक भएपछि आयोजित पत्रकार सम्मेलनमा गभर्नर महाप्रसाद अधिकारीले सरकारी अनुमति पाएका कम्पनीमार्फत आवासीय घर निर्माण गरिरहेकाहरुलाई प्रवाह हुने कर्जाको जोखिम भार १५० प्रतिशतबाट घटाएर १०० प्रतिशतमा झारिएको जानकारी दिए।

‘सबै रियल इस्टेटलाई घट्ने भनेको होइन। कम्पनीमार्फत आवासीय घर निर्माण गरेर बेच्ने कम्पनीहरुलाई मात्रै यो प्रावधान ल्याइएको हो,’ अधिकारीले भने।