अर्थतन्त्र किन डामाडोल भयो? अर्थमन्त्री महतले थुपारे ओली सरकारमाथि दोष

बिजमाण्डू
२०८० साउन ७ गते १७:१३ | Jul 23, 2023
अर्थतन्त्र किन डामाडोल भयो? अर्थमन्त्री महतले थुपारे ओली सरकारमाथि दोष


काठमाडौं। अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रमा अहिले समस्या आउनुको मुख्य कारण ‘ओली सरकार’ भएको आरोप लगाएका छन्। कांग्रेस केन्द्रीय समितिको पाँचौँ दिन पार्टीको केन्द्रीय कार्यालय सानेपामा महतले यस्तो आरोप लगाएका हुन्।

Tata
GBIME
NLIC

तत्कालीन समयमा नेकपाका अध्यक्ष रहेका बेला प्रधानमन्त्री भएका केपी शर्मा ओलीको पालामा स्रोत सुनिश्चितताको नाममा जथाभावी बजेट चलाउँदाको भार अहिलेको सरकारलाई परेको उनले दाबी गरे।

‘अर्थतन्त्रमा समस्या छ। नभएको हैन। ओलीजीको शासनकालमा जो हाम्रो सरकारी तन्त्रमा जसरी बजेट परिचालन गर्ने पद्धतिको सुरुवात गरियो। स्रोत सुनिश्चितताको नाममा एक करोड बजेट राखेर एक अर्बको ठेक्का गराउने पाँच करोडको बजेट राखेर पाँच अर्बको ठेक्का गराउने। त्यसले गर्दा भयानक ठूलो दायित्व ट्रान्सफर भएर आयो,’ अर्थमन्त्री महतले भने।

अहिले अघिल्लो वर्षभन्दा ऋणको दायित्व धेरै पुगेको महतको भनाइ थियो।

‘पोहोर साल असारमा ५७ अर्ब ऋणात्मक राष्ट्रभार छ। अहिले २ खर्बभन्दा ज्यादा। त्यो सबै दायित्व पुरा गर्नुपर्ने अवस्था। बडो खराब अवस्थामा छ,’ उनले भने।

यस्तो खराब अवस्थामा आफू अर्थमन्त्री भएको र यसलाई कांग्रेसले नै ट्र्याकमा ल्याउनेगरी आफू सरकारमा उभिएको महतले बताए। अर्थमन्त्री महतले भने, ‘कांग्रेसले नै ट्रयाकमा ल्याउनुपर्ने अवस्थामा म उभिएको छु। त्यसकारण साथीहरुले बुझिदिनुहुन्छ।’