अब विदेश जाँदा २५ सय डलरसम्म सटही सुविधा, अब हजार डलर बढी पाइने

बिजमाण्डू
२०८० साउन ७ गते १३:३७ | Jul 23, 2023
अब विदेश जाँदा २५ सय डलरसम्म सटही सुविधा, अब हजार डलर बढी पाइने


काठमाडौं। भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानी सुविधावापत् एक वर्षमा दुई पटकसम्म अमेरिकी डलर १५०० को सुविधा बढाइएको छ।

Tata
GBIME

अमेरिकी डलर २५०० डलरसम्म उपलब्ध गराइने व्यवस्था गरिनेछ।

हवाई सेवा प्रदायकहरुलाई आवश्यक पर्ने विभिन्न सेवा शुल्कको भुक्तानी विदेशमा गर्दा नियामक निकायको स्वीकृति/सिफारिस र तोकिएका कागजात समेतको आधारमा अमेरिकी डलर एक लाख वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रासम्मको रकम इजाजतपत्रप्राप्त “क” वर्गका वाणिज्य बैंकहरुमार्फत पठाउन सकिने व्यवस्था गरिनेछ।