प्याजको थोक मूल्य ५२ रुपैयाँ, यस्तो छ कालीमाटीमा तरकारीको भाउ

बिजमाण्डू
२०८० साउन ४ गते ०८:३९ | Jul 20, 2023
प्याजको थोक मूल्य ५२ रुपैयाँ, यस्तो छ कालीमाटीमा तरकारीको भाउ


काठमाडौं। कालीमाटी बजार विकास समितिले बिहीबारको लागि तरकारीको थोक मूल्य तय गरेको छ।

Tata
GBIME

समितिका अनुसार बिहीबार गोलभेडा ठूलो (नेपाली) को न्यूनतम थोक मूल्य प्रतिकिलो ८० रुपैयाँ र अधिकत मूल्य ९० रुपैयाँ रहेको छ।

त्यस्तै, गोलभेडा सानो (लोकल) को न्यूनतम थोक मूल्य प्रतिकिलो ३५ रुपैयाँ र अधिकत मूल्य ४५ रुपैयाँ रहेको छ।

गोलभेडा सानो (टनेल) को न्यूनतम थोक मूल्य प्रतिकिलो ६५ रुपैयाँ र अधिकत मूल्य ७५ रुपैयाँ रहेको समितिको सूचीमा उल्लेख छ।

रातो आलुको न्यूनतम थोक मूल्य प्रतिकिलो ४६ रुपैयाँ र अधिकत मूल्य ४८ रुपैयाँ रहँदा रातो आलु (भारतीय) को न्यूनतम थोक मूल्य प्रतिकिलो ३५ रुपैयाँ र अधिकत मूल्य ३६ रुपैयाँ कायम छ।

बिहीवार रातो आलु (मुडे) को न्यूनतम थोक मूल्य प्रतिकिलो ३८ रुपैयाँ र अधिकत मूल्य ४० रुपैयाँ रहेको छ।

सेतो आलुको न्यूनतम थोक मूल्य प्रतिकिलो ३५ रुपैयाँ र अधिकत मूल्य ३६ रुपैयाँ रहेको छ।

त्यस्तै, सुकेको प्याज (भारतीय) को न्यूनतम थोक मूल्य प्रतिकिलो ५० रुपैयाँ र अधिकत मूल्य ५२ रुपैयाँ तोकिएको छ।

समितिले गाजर (लोकल) को न्यूनतम थोक मूल्य प्रतिकिलो ११० रुपैयाँ र अधिकत मूल्य १३० रुपैयाँ तोकेको छ।

यसैगरी, बन्दा (लोकल) को न्यूनतम थोक मूल्य प्रतिकिलो १० रुपैयाँ र अधिकत मूल्य १५ रुपैयाँ कायम गरिएको छ।

स्थानीय काउलीको न्यूनतम थोक मूल्य प्रतिकिलो ८० रुपैयाँ र अधिकत मूल्य ९० रुपैयाँ छ भने स्थानीय काउली (ज्यापु)को न्यूनतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र अधिकत मूल्य १०० रुपैयाँ कायम छ।

यस्तै, रातो मूलाको न्यूनतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ र अधिकत मूल्य ३५ रुपैयाँ रहँदा सेतो मूला (लोकल) को न्यूनतम थोक मूल्य प्रतिकिलो १५ रुपैयाँ र अधिकत मूल्य २० रुपैयाँ छ।

त्यस्तै, सेतो मूला (हाइब्रीड) को भने न्यूनतम थोक मूल्य प्रतिकिलो २० रुपैयाँ र अधिकत मूल्य २५ रुपैयाँ छ।

समितिले तय गरेको मूल्य सूचीमा लाम्चो भन्टाको न्यूनतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ र अधिकत मूल्य ५० रुपैयाँ छ।

त्यस्तै, डल्लो भन्टाको न्यूनतम थोक मूल्य प्रतिकिलो ५० रुपैयाँ र अधिकत मूल्य ६० रुपैयाँ कायम छ।

यस्तै, बोडी(तने) को न्यूनतम थोक मूल्य प्रतिकिलो ५० रुपैयाँ र अधिकत मूल्य ६० रुपैयाँ कायम छ।

यसैगरी, तितो करेलाको न्यूनतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ र अधिकत मूल्य ५० रुपैयाँ कायम छ।

त्यसैगरी, लौकाको न्यूनतम थोक मूल्य प्रतिकिलो ५० रुपैयाँ र अधिकत मूल्य ६० रुपैयाँ कायम छ।

भिण्डीको न्यूनतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ र अधिकत मूल्य ५० रुपैयाँ छ।

रायो सागको न्यूनतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ र अधिकत मूल्य ८० रुपैयाँ तोकिएको छ भने तोरीको सागको न्यूनतम थोक मूल्य प्रतिकिलो ५० रुपैयाँ र अधिकत मूल्य ६० रुपैयाँ छ।

सुकेको खुर्सानीको न्यूनतम थोक मूल्य प्रतिकिलो ४५० रुपैयाँ र अधिकत मूल्य ५०० रुपैयाँ कायम छ।

हरियो खुर्सानीको न्यूनतम थोक मूल्य प्रतिकिलो १५० रुपैयाँ र अधिकत मूल्य १७० रुपैयाँ छ।

समितिले हरियो धनियाको न्यूनतम थोक मूल्य प्रतिकिलो ८० रुपैयाँ र अधिकत मूल्य १२० रुपैयाँ तोकेको छ।

त्यस्तै, सुकेको लसुन (चाइनिज) को न्यूनतम थोक मूल्य प्रतिकिलो २६० रुपैयाँ र अधिकत मूल्य २८० रुपैयाँ तोकिएको छ भने सुकेको लसुन (नेपाली) को न्यूनतम थोक मूल्य प्रतिकिलो २०० रुपैयाँ र अधिकत मूल्य २२० रुपैयाँ कायम छ।