
काठमाडौं। आरएमसी समूहको पाल्पा सिमेन्ट इन्डस्ट्रिजले सन् २०२२/२३ को १० महिनामा ३ अर्ब २० करोड ९० लाख रुपैयाँको व्यापार गरेको छ। त्यसमध्ये २९ करोड २० लाख रुपैयाँको सिमेन्ट भारत निर्यात गरेको कम्पनीले जनाएको छ। यो कुल व्यापारको ८ प्रतिशत हो।
अघिल्लो वर्ष २०२१/२२ मा कम्पनीले ३ अर्ब ८१ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो। उसले २०२०/२१ मा ४ अर्ब ४४ करोड र २०१९/२० मा ३ अर्ब रुपैयाँको कारोबार गरेको थियो।
भर्टिकल रोलिङ मिल (भीआरएम) प्रविधिमा आधारित पाल्पा सिमेन्टसँग क्लिंकर तथा सिमेन्ट गरी वार्षिक कुल १३ लाख २० हजार टन उत्पादन क्षमता छ। कम्पनीले ७ अर्ब ६९ करोड ५० लाख रुपैयाँको बैंकिङ कर्जाका लागि इक्रा नेपालबाट रेटिङ पाएको छ।