
काठमाडौं। आन्तरिक राजस्व विभागले भोलि असार ३० गते शनिबार पनि कार्यालय तथा राजस्व संकलन गर्ने बैंक खुला राख्न आग्रह गरेको छ।
करदाताहरुले कारोबारको अनुमानित करको विवरण अनुसार तिर्नुपर्ने आय वर्ष २०७९/८० को अनुमानित करको शतप्रतिशत रकममध्ये तिर्न बाँकी रकम (तेस्रो किस्ता) २०८० असार महिनाभित्र दाखिला गर्नुपर्ने कानुनी व्यवस्था भएकाले विभागले शनिबार पनि कर कार्यालय तथा बैंक संचालन गर्न सूचना जारी गरेको हो।
‘असार ३० गते शनिबार सार्वजनिक बिदाको दिनमा समेत ठुला/मध्यमस्तरीय करदाता/आन्तरिक राजस्व/करदाता सेवा कार्यालयहरु तथा राजस्व संकलन गर्ने बैंक शाखा एवम् काउन्टर खुला रहने र भुक्तानी क्लियरिङको काम समेत हुने जानकारी गराइएको छ,’ सूचनामा उल्लेख छ।