मौसम अनुकुल भएसँगै लामजुराबाट काठमाडौं शव ल्याउने तयारी, ७ बजे अगाडि शिक्षण अस्पताल ल्याइने

बिजमाण्डू
२०८० असार २६ गते १७:२२ | Jul 11, 2023
मौसम अनुकुल भएसँगै लामजुराबाट काठमाडौं शव ल्याउने तयारी, ७ बजे अगाडि शिक्षण अस्पताल ल्याइने

काठमाडौं। मौसम अनुकुल भएसँगै मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परी निधन भएका चालकसहित ६ जनाको शव काठमाडौं ल्याउने तयारी गरिएको छ। आज साँझ ७ बजे अगाडि नै त्रिभुवन शिक्षण अस्पतालमा शव ल्याउने योजना रहेको मनाङ एयरका सुरक्षा प्रवन्धक राजु न्यौपानेले बताए।

Tata
GBIME

‘संकलन गरेर अलि तल ल्याएर राख्ने काम भइरहेको छ। चार वटा शव हेलिकोप्टर मार्फत दुर्घटनास्थलबाट केही तल ल्याइएको छ। अल्टिच्युडकै अर्को हेलिकोप्टरमार्फत बाँकी दुईवटा पनि ल्याइँदैछ’सुरक्षा प्रवन्धक न्यौपानेले भने, ‘सिम्रिकको हेलिकोप्टर पनि उता पुगिसकेको छ। शवसँगै यताबाट जानुभएका प्राविधिक र रेस्क्यु टीमलाई साढे ६ बजेसम्म ल्याउने योजना छ।’

नाइन एन-एएमभी कलसाइनको हेलिकोप्टर मंगलबार बिहान १० बजे यात्रुसहित सोलुखुम्बुको सुर्केबाट काठमाडौं उडान गर्ने क्रममा दुर्घटना भएको हो। १२ हजार एक सय फीट माथी भएको दुर्घटनास्थलमा मौसकी प्रतिकुलताका कारण दिउँसो अल्टिच्युड एयरको दुईवटै हेलिकोप्टर पुग्न सकेका थिएनन्।

मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा चालक वरिष्ठ क्याप्टेन चेतबहादुर गुरुङसहित ६ जना मेक्सिकन नागरिकको निधन भएको छ।