आखिर किन ६ महिनामै विश्वका २१ धनाढ्यले ९ अर्ब डलर भन्दा बढीको सेयर बेचे ?

बिजमाण्डू
२०८० असार २६ गते ०७:४७ | Jul 11, 2023
आखिर किन ६ महिनामै विश्वका २१ धनाढ्यले ९ अर्ब डलर भन्दा बढीको सेयर बेचे ?

ल्यारी एलिसन र रोब वाल्टन लगायत विश्वका २१ धनाढ्यले ९ अर्ब डलरभन्दा बढीको सेयर बेचेका छन्। यो वर्षको पहिलो ६ महिनामा उनीहरुले ठूलो रकमको सेयर बेचेका हुन्।

Tata
GBIME
Nepal Life

जुलाई २०२२ मा एयर बीएनबीको सक्रिय भूमिकाबाट राजीनामा दिएपछि सहसंस्थापक जो गेबियाले आफ्नो स्वामित्त्व बिक्री गर्न थालेका थिए। उनले एयर बीएनबीको ६३ लाख कित्ता सेयर ८९ करोड डलर(कर अघि)मा बिक्री गरेका हुन्। सो अवधिमा सबैभन्दा बढी सेयर बिक्री गर्ने अर्बपतिमध्ये उनी चौथो हुन्।

गेबियाले अहिलेसम्म बिक्री गरेको सेयरमध्ये जम्माजम्मी ४० प्रतिशत २०२३ को पहिलो ६ महिनामा मात्रै बिक्री गरे। सो रकमले जनवरीमा अमेरिकी नेशनल बास्केटबल एसोसिएसन टिम सान एन्टोनियो स्पर्सको केही स्वामित्व लिएका थिए। यद्यपि टिमका बाँकी सेयरधनीहरुको तुलनामा उनको हिस्सेदारी थोरै छ। गेबिया सबैभन्दा नयाँ रणनीतिक साझेदारको रूपमा समूहमा सामेल भएका हुन्।

यो सेयर बिक्रीका बावजुद गेबियासँग अझै पनि एयर बीएनबीमा ८ प्रतिशत स्वामित्व छ। फोर्ब्सका अनुसार उनको अनुमानित नेट वर्थ ७.९ अर्ब डलर छ। उनी अझै पनि कम्पनीका बोर्ड सदस्य हुन् भने कम्पनीको गैर नाफामुखी शाखाको अध्यक्षता उनले गरिरहेका छन्।

सन् २०२२ को भारी गिरावटपछि सेयर बजार यो वर्ष पुरागमन हुने लयमा छ। बजारले देखाएको बाउन्सब्याक लगत्तै संसारका धनाढ्य सेयर बेच्ने मुडमा छन्। गेबिया पनि त्यही अर्बपतिहरू मध्येका एक हुन् जसले गत ६ महिनामा १० करोड डलरभन्दा बढी मूल्यको सेयर बेचे। कर बाहेक कुल ९.३ अर्ब डलरको सेयर बिक्री गरे।

आफैंले स्थापना गरेको अपोलो ग्लोबल म्यानेजमेन्टबाट २१ करोड डलरको स्टक अफलोड गर्दै जोश ह्यारिस पनि बाहिरिएका छन्। जुन उनले सन् १९९० स्थापना गरेका प्राइभेट इक्विटी कम्पनी थियो। ह्यारिसको अनुमानित सम्पत्ति अहिले ६.५ अर्ब डलर छ। उनले अपोलोमा रहेको आफ्नो ३० प्रतिशत हिस्सेदारी बिक्री गरिसकेका छन्। जसबापत उनले ८३ करोड अमेरिकी डलर प्राप्त गरे। 

उनको यो निर्णय अमेरिकी नेशनल फुटबल लिग टिम वाशिंगटन कमाण्डरहरूको खरिदमा उपयोग गरे। नेशनल फुटबल लिगको विद्यमान व्यवस्थाअनुसार कुनै टिमको जनरल पार्टनर बन्न ३० प्रतिशत स्वावित्व हुन जरुरी छ। साथै १.१ अर्ब डलर भन्दा बढी व्यक्तिगत ऋण पनि हुनु हुँदैन। टिमको भ्यालुएसन अहिले ६ अर्ब डलर छ।

वालमार्टका उत्तराधिकारी रोब वाल्टनले हालै एउटा फुटबल टोली किनेका छन्। जुन २०२२ मा डेन्भर ब्रोन्कोसलाई तत्कालीन ४.६५ अर्ब डलरमा उनले खरिद गरेर नेतृत्व सम्हाले। यो वर्षको सबैभन्दा ठूला बिक्रेता उनै हुन्।

सन् १९९२ मा निधन भएका वालमार्टका संस्थापक सैम वाल्टनका तीन छोराछोरी रोब, एलिस र जिम वाल्टनले साढे ४ अर्बको सेयर बिक्री गरेका थिए। वाल्टन फेमिली होल्डिङ्स ट्रस्टले वालमार्टको २ करोड ८६ लाख कित्ता सेयर बेचेको थियो। बिक्री रकम २५/२५ प्रतिशतका दरले वाल्टनले सबै छोराछोरीलाई वितरण गरेका थिए।

वाल्टन फेमिली होल्डिङ ट्रस्ट, सन् २०१५ मा वाल्टन परिवारको सेयर होल्ड गर्न स्थापना गरिएको फर्म हो। जसले वालमार्टमा वाल्टन परिवारको लगभग ५० प्रतिशत हिस्सेदारीलाई हेर्ने काम गर्छ। परोपकारी योगदानका लागि पनि आवधिक रुपमा केही सेयर बेच्ने गर्छ। दशकौंसम्म वालमार्टको प्रमुख हिस्सेदार रहेका वाल्टनले सन् २०१६ यता लगभग २५ अर्ब डलरको सेयर बिक्री गरिसकेका छन्।

वाल्टनले अहिले सेयर बिक्रीको प्राथमिक लक्ष्य परोपकार हो। साथै परिवारको हिस्सेदारीलाई पुरानै ५० प्रतिशत कायम राख्‍नु हो। वालमार्टले बितेको ७ वर्षमा लगभग ५० अर्ब डलरको आफ्नै स्टक पुन: खरिद गरेको छ। वाल्टन फेमिली होल्डिङ ट्रस्ट र वाल्टन इन्टरप्राइजेजले वालमार्टको ४६ प्रतिशत स्वामित्वमा छ।

यसैबीच, ल्यारी एलिसनले ओरेकलको सेयरको ठूलो हिस्सा बिक्री गरे। उनले सन् २०२० यता करिब २ अर्ब डलरको सेयर बेचिसकेका छन्। जसमा उनले २०२३ को पहिलो ६ माहिनामा बिक्री गरेको ८५ करोड बराबरको रकम पनि समावेश छ।