
काठमाडौं। नेपाल धितोपत्र बोर्डले जलविद्युत क्षेत्रका दुई कम्पनीलाई सार्वजनिक निष्कासनको स्वीकृति दिएको छ।
बोर्डले चिरखवा हाइड्रोपावर लिमिटेड र माथिल्लो मैलुङ खोला जलविद्युतलाई आइपीओको स्वीकृति दिएको हो। कम्पनीहरुले आइपीओका लागि असार २० गते स्वीकृति पाएका हुन्।
चिरखुवा हाइड्रोपावरले जारी पुँजीको ३० प्रतिशत आइपीओ निष्कासनको स्वीकृति पाएको छ। कम्पनीले अबको केही समयमा कम्पनीले १२ करोड रुपैयाँको १२ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने छ। कम्पनीको साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।
यस्तै मथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीले पनि जारी पुँजीको २५ प्रतिशत आईपीओ निष्कासनको अनुमति पाएको छ।
कम्पनीले २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता आइपीओ निष्कासन गर्ने अनुमति पाएको हो। कम्पनीको साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा भने सानिमा क्यापिटल रहेको छ।