पंखा र एयर कुलर प्रयोगकर्ता नेपाली उपभोक्ताका लागि नौलो नाम होइन क्रम्पटन। होम अप्लायन्स उत्पादक हो भारतीय कम्पनी क्रम्पटन ग्रिभ्स कन्ज्युमर इलेक्ट्रिकल लिमिटेड। यसका उत्पादन नेपाली बजारमा दुई दशकदेखि बिक्री हुँदै आएको छ। करिब एक वर्षअघि मात्रै क्रम्पटनको नेपालका लागि आधिकारिक बिक्रेता चौधरी समूह बन्यो। सीजीसँगको साझेदारीसँगै क्रम्पटन बजार रणनीतिमा आक्रामक देखिएको छ।
क्रम्पटन ग्रिभ्स कन्ज्युमर इलेक्ट्रिक्ल लिमिटेडका एसोसिएट उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय व्यापार प्रमुख दुर्गेश बक्सीलाई बिजमाण्डूका उन्नत सापकोटाले सोधे- आफ्ना उत्पादनहरुलाई आधार मान्दा नेपाली बजारलाई कसरी हेरिरहनु भएको छ?
क्रम्पटन नेपालका लागि चिनिएको ब्राण्ड हो। हाम्रो पंखाको क्वालिटी नेपालमा सहर्ष स्वीकार गरिएको छ। नेपालको एउटा राम्रो पक्ष भनेको, पछिल्लो समय गुणस्तरमा एकदमै कन्सियस हुँदै गएको बजार हो। यहाँका ग्राहक गुड क्वालिटी प्रडक्ट चाहन्छन्। बजार विस्तारै बिजुली कम खपत गर्ने प्रडक्टतर्फ सिफ्ट भइरहेको छ। अझ लाइस्टाइलमा केन्द्रित प्रडक्टतर्फ बढी ध्यान देखिएको छ।
नेपालले क्रम्पटनका यस्ता प्रडक्टलाई स्वीकार गरिसकेको अवस्था छ। क्रम्पटनको इनर्जी सेभिङ तथा लाइफ स्टाइल सेग्मेन्टको उद्देश्य राखेर उत्पादित प्रडक्ट नेपालमा रुचाइएको पनि छ। जत्ति पनि हामीले नयाँ नयाँ उत्पादन गरिरहेका छौं, त्यो सबै इनोभेसनलाई नेपालले स्वीकार गरिरहेको छ। यो हाम्रा लागि खुसीको कुरा हो।
हामी सबै रेन्जका प्रडक्टहरुमा उपस्थिति राख्छौं। उदाहरणका लागि इन्ट्री तथा मिड पोइन्ट सेग्मेन्टको पंखा, हामीसँग अर्को उत्कृष्ट पंखा छ ‘साइलेन्ट प्रो’। यो ब्रसलेस डिरेक्ट करेन्ट मोटर (बीएलडीसी) प्रविधिमा आधारित छ। यो पंखालाई पनि नेपालमा निकै रुचाइएको छ।
नेपाली बजारमा क्रम्पटनका मुख्य प्रडक्टहरु के-के छन्?
क्रम्पटनले लाइफस्टाइल सेग्मेन्टअन्तर्गत इलेक्ट्रिकल प्रडक्टहरु बिक्री गर्छ। हामी पंखा, लाइटिङ, अप्लायन्सेस् र पम्प्समा छौं। क्रम्पटन लिगेसी ब्राण्ड पनि हो। ७५ वर्षभन्दा पुरानो हो। क्रम्पटन भारतको नम्बर वान सिलिङ फ्यान ब्रान्ड हो। हामीले विश्वभर २ करोडभन्दा बढी पंखा बिक्री गर्दै आएका छौं। भारतमा त हामी बलियो ब्राण्डको रुपमा स्थापित छँदैछौं, योसँगै अरु ४० भन्दा बढी देशहरुमा पनि हाम्रो उपस्थिति छ। त्यसमध्ये नेपाल हाम्रा लागि सबैभन्दा प्राइम बजार हो।
यसको कारण नेपाल भारतबाट सबैभन्दा नजिक छ। त्यससँगै नेपाल र भारत सांस्कृतिक, कन्ज्युमर प्रिफरेन्सेस, मौसमी अनुकुलतामा समानता छ। नेपाल र भारतबीच अर्को महत्त्वपूर्ण पक्ष भनेको दुई देशबीच स्वस्थ व्यापारिक सम्बन्ध हो। रुपैयाँ-रुपैयाँको सम्झौता छ। यी कारणहरुले गर्दा नेपाल प्राकृतिकरुपमै क्रम्पटनका लागि व्यापार गर्ने र आफ्ना लेटेस्ट उत्पादनहरु अफर गर्ने महत्त्वपूर्ण तथा उपयुक्त बजार हो भन्ने हाम्रो बुझाइ छ।
नेपालको बजार पछिल्लो समय गुणस्तरमा एकदमै सचेत छ। ग्राहक गुणस्तरीय उत्पादन चाहन्छन्। बजार विस्तारै बिजुली कम खपत गर्ने प्रडक्टतर्फ सिफ्ट भइरहेको छ। अझ लाइस्टाइलमा केन्द्रित प्रडक्टतर्फ बढी ध्यान देखिएको छ।
नेपाली बजारमा उपस्थिति कहिलेदेखि सुरु भयो? क्रम्पटनले पुरानो साझेदारलाई हटाएर किन चौधरी ग्रुप नै रोज्यो?
चौधरी ग्रुपसँगको साझेदारीमा हामीले क्रम्पटन बेच्न थालेको करिब १ वर्ष भएको छ। तर, नेपालमा हामी विगत २० वर्षदेखि क्रम्पटनका उत्पादन बिक्री गरिरहेका छौं। जबदेखि हामीले चौधरी ग्रुपसँग सहकार्य गर्यौं त्यसपछि ग्रोथ एकदमै उकालो लागेको छ। सीजीसँग जोडिएपछि हामीले अप्लायन्सेस सेग्मेन्टमा करिब ४०० प्रतिशतको ग्रोथ गरिसकेका छौं।
अब हामी आक्रामक रुपमा तराईका क्षेत्रका साथै दूरदराजका क्षेत्रमा क्रम्पटनलाई पुर्याउँदै छौं। हाम्रो लक्ष्य त्यही हो। सीजीसँग नेपालभर लोभलाग्दो डिस्ट्रिब्युसन नेटवर्क छ। हामी अब सीजीसँगै ग्रामीण बजारसम्म पुग्न खोजिरहेका छौं। त्यस्तै, आधुनिक व्यापारका साथै इ-कमर्स प्लाटफर्ममा जाने हाम्रो योजना छ।
सीजीसँग साझेदारी गर्नुको मुख्य कारण भनेको यो नेपालमै जन्मिएको समूह हो, जुन आजको दिनमा बहुराष्ट्रिय कम्पनी बन्न सफल भएको छ। सीजी आफ्नो क्रियाकलापमा निकै व्यवसायिक छ। उसलाई थाहा छ- नेपाली बजारलाई के चाहिएको छ। आफ्नो गुणस्तरीय उत्पादन र स्तरीय सेवाका लागि सीजी गनिएको र चिनिएको छ। यही कारण क्रम्पटन र सीजी ग्रुप धेरै अगाडि जान सक्छन्।
हामीसँग नेपालमा उत्कृष्ट व्यापार साझेदारहरु छन्। यसले गर्दा हामीले ल्याउने कुनै पनि नयाँ प्रडक्ट नेपालमा तुरुन्तै आउने गर्छ।
बजार निकै प्रतिस्पर्धी छ। बजारमा अनकौं ब्राण्डले उस्तै प्रकृतिको प्रडक्ट बेचिरहेका छन्। यस्तो अवस्थामा तपाईंहरुको प्रडक्ट अरुभन्दा के फरक छ र?
हेर्नुस्, क्रम्पटन आफ्नो गुणस्तरमा सधैं अडिग छ र त्यसप्रति आफ्ना ग्राहकमाझ प्रतिबद्ध छ। जति पनि हाम्रा प्रडक्टहरु छन् तिनीहरु समयसापेक्ष, लाइफस्टाइल ड्रिभन तथा वर्ल्डक्लास क्वालिटीकै छन्। क्रम्पटनका प्रडक्टहरुले त्यसका लागि विभिन्न सर्टिफिकेसनहरु पाएको छ। हाम्रा सबै प्लान्टहरु आइएसओ १४०००, ९०००, ४००००, ४५००० सर्टिफाइड छन्। त्यसैले क्वालिटी हाम्रा लागि प्यासन हो, जुन हाम्रो डीएनएमै छ। सोहीअनुसार क्रम्पटन बजारमा छ।
यसमा अझ राम्रो पार्टनर सीजी ग्रुप हुँदा हामीलाई थप सहयोग पुगेको छ। किनकि सीजी नेपालमा विश्वासिलो ब्राण्डको रुपमा स्थापित छ। त्यसभन्दा अर्को हाम्रो पम्प डिभिजन त्रिवेणी ग्रुप र अन्नपूर्ण इन्टरप्राइजेनसँग काम गरिरहेको छ। त्यसैले हामीसँग नेपालमा उत्कृष्ट व्यापार साझेदारहरु छन्। यसले गर्दा हामीले ल्याउने कुनै पनि नयाँ प्रडक्ट नेपालमा तुरुन्तै आउने गर्छ। नेपाल निकै महत्त्वपूर्ण बजार हो।
कम्पनीको कुरा गर्दा सुरुमा नाम सीजी पावर थियो। तर, डी-मर्जरपछि समग्र लाइफस्टाइल सेग्मेन्टलाई क्रम्पटन ग्रिभ्स कन्ज्युमर इलेक्ट्रिक्ल लिमिटेडअन्तर्गत राखिएको छ। जसले क्रम्पटनको ब्राण्डमा उत्पादनहरु बेच्छ।
क्रम्पटन ग्रिभ्स कन्ज्युमर इलेक्ट्रिक्ल लिमिटेड मुम्बई स्टक एक्सचेन्जमा सूचीकृत कम्पनी हो।
समग्र बजार बढिरहेको अवस्थामा हामी निरन्तर बजारसँग साक्षात्कार हुनैपर्छ। नयाँ पार्टनर, नयाँ ग्राहकलाई यो यात्रामा लिएर हिड्नै पर्छ। गतिविधिलाई विस्तार गर्दै लग्नुपर्छ। डिस्ट्रिब्युसनमा, अनलाइन प्लाटफर्ममा जानैपर्छ। किनभने डिजिटल मिडिया आजको दिनमा आक्रामक बनिरहेको छ।
अहिले विश्वभर देखिएको आर्थिक सुस्तताले नेपालसँगै विश्वभर क्रम्टनलाई कस्तो असर परिरहेको छ?
संस्थाको रुपमा हेर्नुहुन्छ भने हामी कोरोना महामारीका क्रममा पनि ग्रो गर्यौं। तर म तपाईंको कुरामा सहमत छु, अहिले देखिएको रिसेसनरी ट्रेन्डले असर पारेको छ। अर्को राम्रो पक्ष भनेको यो सुस्ततामा सुधार आउँदै गएको छ र यो क्रम निकै छिटो भइरहेको छ। नेपालमा पनि यही अवस्था देखिन्छ। कोरोनाको बेलामा पनि नेपालमा चुनौती नदेखिएको होइन, तर नेपालसँगै भारतमा भ्याक्सिनेसनको व्यापकताले त्यसमा चिर्न सफल भयो। त्यसैले अहिलेको अवस्थाबाट पनि नेपालले चाँडै रिकभर गर्ने देखिन्छ। भविष्य राम्रो देखिँदैछ।
नेपालले निकै ठूलो भूमिका भारतसँगको व्यापारमा खेलिरहेको छ। विश्वभर नै सार्क मुलुकहरुको व्यापारले ठूलो भूमिका खेल्ने देखेको छु। नेपालसँग युवा जनसंख्या धेरै भएकाले पनि यसको भविष्य उज्जवल देखिरहेको छु। यसले हाम्रो व्यापारमा पनि पक्कै सकारात्मक प्रभाव पार्नेछ।
सीजीसँग साझेदारी गर्नुको मुख्य कारण भनेको यो नेपालमै जन्मिएको समूह हो, जुन आजको दिनमा बहुराष्ट्रिय कम्पनी बन्न सफल भएको छ। सीजी आफ्नो क्रियाकलापमा निकै व्यवसायिक छ। उसलाई थाहा छ- नेपाली बजारलाई के चाहिएको छ।
क्रम्पटनले सीजीसँग त भर्खरै मात्रै साझेदारी गरेको छ। तर, विगत २० वर्षदेखि रहेका क्रम्पटनका ग्राहकहरुलाई कसरी डिल गर्नुहुन्छ? पुराना ग्राहकलाई रिटेन गर्नुपर्ने चुनौती त छ नि?
ब्राण्ड क्रम्पटन आफैंमा चिनिएको ब्राण्ड हो। हाम्रो सेवाको विषयमा सबै जानकारी हुनुहुन्छ। तर, समग्र बजार बढिरहेको अवस्थामा हामी निरन्तर बजारसँग साक्षात्कार हुनैपर्छ। नयाँ पार्टनर, नयाँ ग्राहकलाई यो यात्रामा लिएर हिड्नै पर्छ। यस किसिमका सबै गतिविधिलाई विस्तार गर्दै लग्नुपर्छ। हामी डिस्ट्रिब्युसनमा, अनलाइन प्लाटफर्ममा जानैपर्छ। किनभने डिजिटल मिडिया आजको दिनमा आक्रामक बनिरहेको छ।
इन्टरनेट अफ थिंग्स (आइओटी) इनेबल्ड कुलर, किचन अप्लायन्सेस् सेग्मेन्टलगायत ल्याउँदै छौं। भर्खरै मात्रै भारतमा हामी ठुला किचन अप्लायन्सेसमा प्रवेश गरेको छौं। छिट्टै यो प्रडक्ट पनि नेपाल आउँछ।
नेपाली ग्राहक वा नेपाललाई भनेर कुनै निश्चित प्रडक्ट क्रम्पटनले ल्याउँदै छ कि के छ योजना?
पक्कै पनि। हामीले केही प्रडक्ट लञ्च गर्दैछौं। हामीले नेपालमा बीएलडीसी रेन्जका पंखा ल्याउँदै छौं। यस्तै, इन्टरनेट अफ थिंग्स (आइओटी) इनेबल्ड कुलर, किचन अप्लायन्सेस् सेग्मेन्टलगायत ल्याउँदै छौं। भर्खरै मात्रै भारतमा हामी ठुला किचन अप्लायन्सेसमा प्रवेश गरेको छौं। छिट्टै यो प्रडक्ट पनि नेपाल आउँछ।
हामीले कुनै पनि नयाँ इनोभेसन गर्छौं भने पक्कै पनि नेपाल र नेपाली उपभोक्तालाई लिएर आउँछौं। नेपाल हाम्रो लागि पहिलो ओभरसिज बजार हो।