एक करोडसम्मको घर बीमा अब इसेवाबाटै, वार्षिक ५ सयदेखि ४५ सय रुपैयाँ भुक्तानी गर्नुपर्ने

बिजमाण्डू
२०८० जेठ २५ गते १५:३८ | Jun 8, 2023
एक करोडसम्मको घर बीमा अब इसेवाबाटै, वार्षिक ५ सयदेखि ४५ सय रुपैयाँ भुक्तानी गर्नुपर्ने


काठमाडौं। एक करोड रुपैयाँसम्मको घर बीमा इसेवाबाटै गर्न सकिने भएको छ। इसेवाले युएसएआइडी र शिखर इन्स्योरेन्ससँगको साझेदारीमा बीमा प्रक्रियालाई डिजिटाइज गरी सरलीकरण गर्न घर बीमा सुविधा ल्याएको हो।

Tata
GBIME

बीमा नीति अनुसार एक करोड रुपैयाँसम्मको बीमा हुने यस योजनामा वार्षिक ५ सयदेखि ४५ सय रूपैयाँसम्म भुक्तानी गर्नुपर्ने इसेवाले जनाएको छ।

हाललाई यो योजना सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिकामा लागु हुनेछ।
साथै अन्य इच्छुकले पनि नेपालभर नै यो सुविधा लिन सक्ने बताइएको छ।

यो योजना इसेवाको मोबाइल एपमा रहेको इन्स्योरेन्स शीर्षकमा सूचीबद्ध सेवामार्फत सजिलै घर बीमा खरिद गर्न सकिने इसेवाले जनाएको छ।

बीमा मूल्य घरको विश्वसनियता र मूल्य निर्धारणबाट तय हुनेछ। यस योजनामा सहभागी हुन घरधनीले घरको तस्विर, अपेक्षित मूल्य र त्यसको सम्पत्ति विवरण इसेवमा एप मार्फत अपलोड गर्नुपर्ने बताइएको छ।

इसेवाले यसअघि नै ग्राहक तथा ग्राहकका आफन्तमा लागु हुने गरि इसेवा केयर सञ्चालनमा ल्याइसकेको छ। हाल इसेवाको सेवा एन्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ७० लाख ५० हजार ग्राहकले सेवा लिइरहेका छन्।