सेयर बजार सामान्य बढ्दा निर्जीवन बीमाका सेयर चम्किए, व्यापार समूहमा पनि आकर्षण

बिजमाण्डू
२०८० जेठ २५ गते १५:२४ | Jun 8, 2023
सेयर बजार सामान्य बढ्दा निर्जीवन बीमाका सेयर चम्किए, व्यापार समूहमा पनि आकर्षण

काठमाडौं। साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ। बिहीबार बजार ७.२७ अंकले बढ्दा निर्जीवन बीमा र व्यापार समूहले बजार लिड गरेका छन्।

Tata
GBIME
Nepal Life

निर्जीवन समूह ५.१६ प्रतिशत बढ्दा व्यापार सूचक ५.५८ प्रतिशत बढेको हो। निर्जीवन बीमाका दुई स्टक सर्वाधिक कारोबार भएका छन्।

आज आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्स सबैभन्दा बढी कारोबार भयो। कम्पनीको १० करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ। यो कम्पनीको सेयर मूल्य २९ रुपैयाँ बढेको छ। 

यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ९ करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भयो। ३४.६० रुपैयाँले कम्पनीको सेयर मूल्य बढेको छ। बजारमा उतारचढाव हुँदा कारोबार पनि २ अर्ब ३० करोड रुपैयाँ नाघेको हो।

सानिमा जिआइसी र हिमालयन एभरेष्ट इन्स्योरेन्स सर्वाधिक कमाउनेहरुको सूचीमा समावेश भए। दुवै कम्पनीको सेयर ७ प्रतिशतभन्दा बढी उक्लिएको छ।