
काठमाडौं। सिटिजन्स बैंक इन्टरनेशनलले १० बर्ष अवधिको ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले १० प्रतिशत ब्याजको ऋणपत्र निष्काशन गर्न लागेको हो।
बैंकले ‘१० प्रतिशत सिटिजन्स बैंक ऋणपत्र २०८०’ निष्काशनका लागि प्रकृया अगाडि बढाएको छ। यसका लागि बैंकले हिमालयन क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।
बैंकले १००० रुपैयाँ दरका तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने छ। निष्काशनका लागि भएको सम्झौतामा सिटिजन्स बैकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र हिमालयन क्यापिटलका प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले हस्ताक्षर गरेका छन्।
उच्चतम प्रतिफल सहितको ऋणपत्रबाट दीर्घकालिन लगानीकर्ताहरु लाभान्वित हुने विज्ञप्तिमा उल्लेख छ। बैंकका देशभर १८३ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १४० वटा एटीएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरु छन्।