मैदा उद्योग संघको अध्यक्षमा पुन: कुमुद दुगड, आत्मनिर्भर भएकाले मैदा आयात रोक्न माग

बिजमाण्डू
२०८० जेठ २३ गते २१:२० | Jun 6, 2023
मैदा उद्योग संघको अध्यक्षमा पुन: कुमुद दुगड, आत्मनिर्भर भएकाले मैदा आयात रोक्न माग

काठमाडौं। नेपाल मैदा उद्योग संघको अध्यक्षमा पुन: कुमुदकुमार दुगड अध्यक्षमा चयन भएका छन्। संघको २३औं साधारणसभाबाट उनी पुन: अध्यक्षमा निर्विरोध चयन भएका हुन्।

Tata
GBIME
Nepal Life

संघको प्रथम उपाध्यक्षमा दिनेशकुमार अग्रवाल, द्वितिय उपाध्यक्षमा अरुण गोयन्का र तृतिय उपाध्यक्षमा विकास वेगवानी चयन भएका छन्। संघको महासचिवमा राधेश्याम अग्रवाल, सचिवद्वयमा आनन्द ओझा, धिरज गोल्छा र संजय अग्रवाल र कोषाध्यक्षमा विनोदकुमार अग्रवाल चयन भएका छन्।

संघले मैदा शतप्रतिशत कृषि प्रोसेसिङ उद्योग भएकाले मैदालाई कृषि उद्योगमा राखेर सुविधा दिनुपर्ने, गहुँको उत्पादन बढाउन सरकार, किसान र व्यवसायी मिलेर दीर्घकालिन नीति तर्जुमा गर्नुपर्ने,आत्मनिर्भर भइसकेकाले मैदाको आयात रोक्नुपर्ने र निर्यातको सम्भावना भएकाले नगद अनुदान दिनुपर्ने लगायतका निर्णय गरेको छ।