
काठमाडौं। अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हकप्रद सेयर जारी गर्ने प्रस्तावसहित विशेष साधारणसभा आह्वान गरेको छ।
कम्पनी सञ्चालक समितिको आइतबारको बैठकले असार ७ गतेका लागि साधारणसभा आह्वान गरेको हो। सभा इन्द्रेणी कम्प्लेक्स नयाँ बानेश्वरमा हुने कम्पनीले जानकारी दिएको छ।
सभामा १:१ अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरिने छ।
कम्पनीले लिखु खोला जलविद्युत आयोजनामा लगानी गर्न र काबेली बी-१ क्यासकेड जलविद्युत आयोजनाको ऋण भुक्तानीका लागि हकप्रद जारी गर्ने लागेको हो।
यस्तै साधारणसभाले कम्पनीको नियमावली तथा प्रबन्धपत्रमा आवश्यक संशोधन गरी कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति लिने क्रममा आवश्यक थपघट वा परिमार्जन गर्नु परेको सो सम्बन्धमा संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु सभाबाट अनुमोदन गरिने बताएको छ।
कम्पनीले यही जेठ ५ गते विद्युत नियमन आयोगबाट शतप्रतिशत (१:१)हकप्रद जारी गर्ने स्वीकृति पाएको हो।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार रहेको छ। हकप्रद जारीपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७३ करोड ५९ लाख २५ हजार पुग्ने छ।