डेढ दशकपछि खोलिएको रत्न मन्दिरमा चहलपहल बढ्यो, एक सातामै डेढ लाख संकलन  

बिजमाण्डू
२०८० जेठ २१ गते १६:०१ | Jun 4, 2023
डेढ दशकपछि खोलिएको रत्न मन्दिरमा चहलपहल बढ्यो, एक सातामै डेढ लाख संकलन   

काठमाडौं। डेढ दशकपछि सर्वसाधरण र पर्यटकका लागि खुला गरिएको पोखराको रत्न मन्दिरबाट एक सातामै डेढ लाख रुपैयाँ संकलन भएको छ।    

Tata
GBIME
Nepal Life

गत जेष्ठ १५ गते गणतन्त्र दिवसको दिन सर्वसाधारणका लागि खोलिएको मन्दिरमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्दै गएको पर्यटन मन्त्रालयले जनाएको छ। नेपाल ट्रष्टको नाममा रहेको रत्न मन्दिर प्रवेशका लागि आन्तरिक पर्यटकलाई एक सय रुपैयाँ र विदेशी पर्यटकलाई एक हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ।

यसैगरी जेष्ठ नागरिक र विद्यार्थीका लागि ५० रुपैयाँ र व्यावसायिक भिडियोग्राफी बनाउनेका लागि प्रतिघण्टा १० हजार रुपैयाँ  शुल्क निर्धारण गरिएको जनाइएको छ।

रत्न मन्दिर परिसर खुला गरिएसँगै इतिहास र पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने जनाइएको छ।  

राजा महेन्द्रले आफ्नी श्रीमती रत्नराज्य लक्ष्मी देवी शाहको नाममा बनाएको रत्न मन्दिरमा तात्कालिन राजपरिवारका सदस्यहरु पोखरा जाँदा बस्ने गरेका थिए।