
काठमाडौं। भारतबाट पेट्रोल र डिजलको मूल्य बढेर आएको छ। इन्डियन आयल कर्पोरेशनले हरेक १५ दिनमा पठाउने पेट्रोलियमको नयाँ मूल्यसूची अनुसार डिजलमा प्रतिलिटर २.४ रुपैयाँ र पेट्रोलमा २.८ रुपैयाँ मूल्य घटेर आएको छ।
नेपाल आयल निगमका अनुसार यो नयाँ मूल्यसूची अनुसार निगमलाई अब पेट्रोलमा प्रतिलिटर १३ र डिजलमा प्रतिलिटर १५ रुपैयाँ नाफा हुनेछ।
यस्तै भारतबाट हवाइ इन्धन र ग्यासको मूल्य भने घटेर आएको छ। यसमा नयाँ मूल्यसूची अनुसार हवाइ इन्धनमा प्रतिलिटर ७ रुपैयाँ मूल्य घटेर आएको निगमले जनाएको छ। यसले अब हवाइ इन्धनमा आन्तरिकतर्फ ४६ रुपैयाँ र बाह्यतर्फ ८४ रुपैयाँ नाफा हुने निगमले जनाएको छ।
यसैगरी, एलपी ग्यासमा प्रतिसिलिण्डर ४९ रुपैयाँ मूल्य घटेर आएको छ। निगमका अनुसार अब ग्यास हुँदै आएको घाटा प्रति सिलिण्डर १६० रुपैयाँमा सिमित भएको छ।
यही मूल्य यथावत रहेमा निगमले आगामी १५ दिनमा १ अर्ब ७५ करोड नाफा कमाउने निगमले जनाएको छ।
निगमले आगामी दिनमा हुने भुक्तानीको समयमा बाँकी ३ अर्ब बक्यौता रकम तिरेर सिध्याउने जनाएको छ। त्यसपछि सरकारको तिर्न बाँकी ६ अर्ब ३० करोड रुपैयाँ भुक्तानी गरिने निगमले जनाएको छ।