ग्रामीण विकास लघुवित्तले माग्यो डेपुटी सीइओ, मासिक तलब ९३ हजार १०० रुपैयाँ

बिजमाण्डू
२०८० जेठ १८ गते ०९:४७ | Jun 1, 2023
ग्रामीण विकास लघुवित्तले माग्यो डेपुटी सीइओ, मासिक तलब ९३ हजार १०० रुपैयाँ

काठमाडौं। ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले नायव प्रमुख कार्यकारी अधिकृत नियुक्ति प्रकृया अगाडि बढाएको छ।

Tata
GBIME
Nepal Life

सरकारी स्वामित्वको संस्थाले आगामी चार बर्षका लागि नायव प्रमुख कार्यकारी अधिकृत नियुक्त  गर्न लागेको हो।

३५ बर्ष पुरा भइ ५८ बर्ष ननाघेका योग्य उम्मेदवारले आवेदन दिन सक्ने छन्। उनीहरुसँग सरकारी उपसचिव वा बैंक तथा वित्तीय संस्थाको प्रबन्धक तह वा ८ तहमा बसेर कम्तिमा ५ बर्ष अनुभव हासिल भएको हुनु पर्छ।

कम्तिमा स्नातकोत्तर गरेको हुनु पर्छ। इच्छुकले असार १ गतेभित्र आवेदन दिइसक्नु पर्छ। आवेदन दिन ४ हजार रुपैयाँ लाग्ने छ। 

छनौट सूचीमा परेकाहरुले ३० मिनेटको प्रस्तुतीकरण गर्नु पर्छ। त्यसपछि सञ्चालक समितिले सबै योग्यता पुगेको एक जनालाई नायव प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने छ।

मासिक तलब ९३ हजार १०० रुपैयाँ हुने छ।