
काठमाडौं। सिटी एक्सप्रेस मनी ट्रान्सफरको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा नीरजमान सैंजु नियुक्त भएका छन्।
४२ वर्षीय सैंजुको बैंकिङ क्षेत्रमा २० वर्षभन्दा बढीको अनुभव छ। उनले धेरै वाणिज्य बैंकहरूको फिल्ड ट्रेजरी विभागमा १५ वर्ष भन्दा बढी काम गरिसकेका छन्।
क्यानडाको सेक्युरिटी इन्स्टिच्युटबाट वित्तीय सुरक्षा कोर्ष गरेका सैंजुसँग सुरक्षा र लगानीको क्षेत्रमा उल्लेखनीय ज्ञान रहेको कम्पनीले दाबी गरेको छ।
नवनियुक्त सीइओ सैंजुले कम्पनीको दिगो आर्थिक वृद्धिका लागि नेटवर्कको विश्वव्यापी पहुँच विस्तार गरी ग्राहक केन्द्रित सेवा उपलब्ध गराउने बताएका छन्।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै १६ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ।