सहकारीको एम बैंकमार्फत आइएमई पेमा पैसा लोड गर्दा एक हजार रुपैयाँ क्यासब्याक पाइने

बिजमाण्डू
२०८० जेठ १६ गते १२:१३ | May 30, 2023
सहकारीको एम बैंकमार्फत आइएमई पेमा पैसा लोड गर्दा एक हजार रुपैयाँ क्यासब्याक पाइने


काठमाडौं। सहकारी संस्थाका ग्राहकहरुको बैंकिङ एप ‘एम बैंक’ मार्फत आइएमई पे वालेटमा पैसा लोड गर्दा एक हजार रुपैयाँ क्यासब्याक आउने भएको छ।

Tata
GBIME

सहकारीका ग्राहकलाई विद्युतीय भुक्तानी तर्फ प्रेरित गर्न आइएमई पेले एम बैंकमार्फत आइएमई पे वालेटमा पैसा लोड गर्नेलाई उक्त क्यासब्याक दिने भएको हो।

सो क्यासब्याक अफरअन्तर्गत प्रत्येक हप्ता एकजना प्रयोगकर्ताले एक हजार रुपैयाँ क्यासब्याक जित्न सक्ने बताइएको छ। क्यासब्याकको रकम विजेतालाई वालेटमा प्रदान गरिने कम्पनीले जनाएको छ। उक्त क्यासब्याक अफर केही समयावधिका लागि लागु हुने बताइएको छ।

केही समययता आइएमई पे र एम बैंकबीच सहकारी संस्थालाई डिजिटल भुक्तानीसँग जोड्ने उद्देश्यका साथ सम्झौता भएको बताइएको छ। सो सम्झौता पत्र आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविन रेग्मी र एम बैंकका प्रमुख कार्यकारी अधिकृत विष्णु महर्जनले हस्ताक्षर गरेका छन्।