मोबाइलको प्रयोग व्यापक बन्दा निरन्तर ओरालो लाग्दै ल्यान्डलाइन ग्राहक संख्या

बिजमाण्डू
२०८० जेठ १४ गते १६:३८ | May 28, 2023
मोबाइलको प्रयोग व्यापक बन्दा निरन्तर ओरालो लाग्दै ल्यान्डलाइन ग्राहक संख्या


काठमाडौं। ल्यान्डलाइन प्रयोगकर्ताको संख्या निरन्तर ओरालो लाग्दै गएको छ। मोबाइल फोन प्रयोगमा भइरहेको वृद्धिका कारण ल्यान्डलाइन प्रयोगकर्ता घट्दै गएका छन्।

Tata
GBIME
NLIC

मोबाइल फोनको विस्तारसँगै आधारभूत (फिक्स्ड) टेलिफोन अर्थात ल्यान्डलाइनको ग्राहक संख्या निरन्तर ओरालो लाग्दै गएको देखिन्छ। २०७९ असारसम्म ८ लाख २५ हजार ल्यान्डलाइन ग्राहक संख्या रहेकोमा २०७९ पुससम्म ८ लाख ३ हजार रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ।

२०७९ पुससम्म ३ करोड ५९ लाख मोबाइल फोन प्रयोगमा रहेकोमा २०७९ असारसम्म मोबाइल फोन संख्या ४ करोड २२ लाख थियो।

यस्तै, नेपाल दूरसंचार प्राधिकरणबाट अनुमति पाएका सेवा प्रदायकहरुमार्फत डेटा सेवा २०७९ पुससम्म ३ करोड ८१ लाख प्रयोगकर्ता नाघेका छन्।