प्रतिनिधिसभामा आर्थिक सर्वेक्षण पेस गर्दै अर्थमन्त्री महत, १७ खर्ब हाराहारीको बजेट ल्याउने तयारी

बिजमाण्डू
२०८० जेठ १४ गते १०:०० | May 28, 2023
प्रतिनिधिसभामा आर्थिक सर्वेक्षण पेस गर्दै अर्थमन्त्री महत, १७ खर्ब हाराहारीको बजेट ल्याउने तयारी

काठमाडौं। सरकारले सोमबार आर्थिक वर्ष २०८०/८१ को बजेट संसदमा प्रस्तुत गर्दैछ। सरकारले करिब साढे १७ खर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ।

Tata
GBIME
Nepal Life

आइतबार भने अर्थमन्त्री डा. प्रकाशशरण महतले आव २०७९/८० को आर्थिक सर्वेक्षण पेस गर्ने भएका छन्।

आज संघीय संसदको संयुक्त बैठक पछि दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ।

बैठकमा अर्थमन्त्री महतले आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।