नेप्सेले सर्टसेल र इन्ट्रा डे संचालन गर्न नयाँ प्रणाली खरिद गर्ने, धितोपत्र बोर्डलाई दबाब

बिजमाण्डू
२०८० जेठ ४ गते १६:०२ | May 18, 2023
नेप्सेले सर्टसेल र इन्ट्रा डे संचालन गर्न नयाँ प्रणाली खरिद गर्ने, धितोपत्र बोर्डलाई दबाब

काठमाडौं। फास्ट ट्रयाकमा आधुनिकीकरणको प्रस्ताव अर्थमन्त्रालय पुर्‍याएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले सर्ट सेल र इन्ट्रा डे सञ्चालन गर्न नयाँ प्रणाली नै खरिद गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीका अनुसार आगामी वार्षिक बजेटमा खरिद योजना समावेश गरिँदैछ। नयाँ प्रणालीमार्फत् डेरिभेटिभ औजार पनि सञ्चालन गर्ने तयारी हुँदैछ।

प्रारम्भिक अध्ययन भइरहेको र मस्यौदा नै बनाएर प्रस्ताव सञ्चालक समितिमा पेश गरिने कार्कीले बताए। डेरिभेटिभ सञ्चालन गर्न नेप्से ३० इन्डेक्स आगामी आर्थिक वर्षमा लन्च गर्ने तयारी छ।

‘त्यसैको आधारमा हामीले पञ्चवर्षीय कार्ययोजना तयार गरिएको हो। मस्यौदाले नियामकीय व्यवस्थाको परिमार्जन पनि गर्नेछ,’ कार्कीले भने,’युवा लगानीकर्ताको लोकप्रियता बढ्दै गएको छ। अन्तरदिवशीय कारोबार र सर्ट सेलको माग ह्वात्तै बढेको हामीले महशुस गरिसकेका छौं।’ 

तर अहिले नेप्सेमा अध्यक्ष छैनन्। सञ्चालक समितिले पुर्णता नपाएसम्म प्रस्ताव आन्तरिक अध्ययन मै सीमित हुन्छ। पूर्व अध्यक्ष चक्रबहादर बुढा सरुवा भएकाले समस्या भएको छ।

स्रोतका अनुसार नेप्से निजीकरण र आधुनिकीकरणको विषय सदनमा पनि उठेकाले फाष्ट ट्रयाकमा प्रस्ताव अघि बढाइएको हो।

निजीकरण टुंग्याए लगत्तै सरकारको हिस्सेदारी समायोजन गर्ने र सार्वजनिक खरिद ऐनको झन्झटबाट उम्किने नेप्सेको योजना हो। प्रणाली किन्न ग्लोबल टेण्डर हुनेछ। पुँजीबजारको प्रणाली अन्तर्राष्ट्रिय स्तरको बनाउन सबै सहमत छन्।