टेस्लाले सन् २०१९ देखि चीनमा बिक्री भएका ११ लाख गाडी फिर्ता लिँदै, जोखिम देखियो

बिजमाण्डू
२०८० बैशाख ३१ गते १८:०६ | May 14, 2023
टेस्लाले सन् २०१९ देखि चीनमा बिक्री भएका ११ लाख गाडी फिर्ता लिँदै, जोखिम देखियो


काठमाडौं। टेस्लाले ११ लाखभन्दा धेरै गाडीहरुमा सुरक्षा जोखिम रहेको भन्दै बजारबाट फिर्ता लिने बताएको छ। चिनियाँ नियामक निकायका अनुसार टेस्लाले शुक्रबार चीनमा बिक्री भएका टेस्लाका ११ लाख गाडीहरुमा सुरक्षा जोखिम रहेको जनाउँदै सबै गाडी फिर्ता लिने निर्णय गरेको हो।

Tata
GBIME
Nepal Life

टेस्लाले आगामी मे महिनाको अन्तिम सातादेखि गाडीहरु फिर्ता लिन सुरु गर्ने बताएको छ। सन् २०१९ को जनवरी १२ देखि सन् २०२३ को अप्रिल २४ सम्ममा उत्पादन भएका टेस्लाका बिभिन्न मोडलहरु कम्पनीले फिर्ता लिने तयारी गरेको हो।

उक्त समयावधिमा टेस्लाका जतिपनि गाडीहरु चीनमा बिक्री भएका छन् उक्त गाडीहरुमा सुरक्षा जोखिम देखिएको भन्दै कम्पनीले फिर्ता लिन लागेको हो। टेस्लाको मोडल एस, मोडल एक्स, मोडेल थ्री र चीनमा उत्पादन गरिएका मोडल थ्री र मोडल सिक्समा समस्या देखिएको बताइएको छ।

टेस्लाका यी सबै मोडलमा एक्सेलरेटरमा समस्या रहेको जनाएको छ। कम्पनीले कुनै पनि समस्या देखिएमा टेस्लाका आधिकारिक सर्भिस सेन्टरमा लगेर तत्काल मर्मत गराउन समेत आग्रह गरेको छ।

कम्पनीले जोखिम कम गर्न फिर्ता बोलाइएको सवारी साधनहरूमा एडजष्टमेन्ट वा सुविधाहरू थप्ने सूचना जारी गर्ने योजना बनाएको छ।

मार्च महिनामा मात्र मोडल एसका २६ सय टेस्ला कारहरु चिनियाँ बजारमा गएको छ। यी गाडीहरुमा पनि ड्राइभिङ गर्दागर्दै अप्रत्याशित रूपमा हुड खुल्न सक्ने जोखिम देखिएको कम्पनीको भनाइ छ।

चीन टेस्लाको प्रमुख बिक्री र उत्पादन केन्द्र हो। सांघाईमा रहेको टेस्लाको कारखानाले उत्तरी अमेरिका बाहिरका अधिकांश अटो बजारहरूमा कार आपूर्ति गर्दै आएको छ।