विद्युत उत्पादन कम्पनीमा प्रबन्धकसहित ११ जनाको माग, अन्तर्वार्ताको सूचीमा परे ५८

बिजमाण्डू
२०८० बैशाख ३१ गते १५:०५ | May 14, 2023
विद्युत उत्पादन कम्पनीमा प्रबन्धकसहित ११ जनाको माग, अन्तर्वार्ताको सूचीमा परे ५८

काठमाडौं। विद्युत उत्पादन कम्पनी लिमिटेडले ७ देखि १० तहसम्मका ११ जना कर्मचारी नियुक्तिका लागि निकालेको विज्ञापनमा ५८ जना ‘सर्ट लिष्ट’मा परेका छन्।

Tata
GBIME
Nepal Life

कम्पनीले वैशाख १ गते निकालेको विज्ञापनमा आवेदन दिएकामध्येबाट स्वीकृत मापदण्ड  तथा मूल्यांकन कार्यविधि बमोजिम छनोट सूची तयार पारिएको कम्पनीले जनाएको छ।। सर्ट लिष्टमा पर्नेहरुले अन्तर्वार्ता दिन पाउनेछन्।

कम्पनीले प्रबन्धक (तह-१०) का  लागि निकालेको विज्ञापनमा हिरामान वाइबा, सूर्य प्रकाश पाण्डेय, विश्वकुमार श्रेष्ठ र नवीनकुमार श्रेष्ठ गरी ४ जना सर्ट लिष्टमा परेका छन्।

वाइबा कम्पनीकै ४८० मेगावाटको फुकोट कर्णाली आयोजना प्रमुख हुन्। पाण्डेय पनि कम्पनीकै १९०२ मेगावाटको मुगु कर्णाली आयोजना प्रमुख छन्।  ‍जेठ ८ गते सोमबार बिहान ८ बजेदेखि अन्तर्वार्ता हुने तोकिएको छ।

उप-प्रबन्धकमा ६ जना सर्ट लिष्टमा

कम्पनीले उप-प्रबन्धकका लागि (९ तह) निकालेको विज्ञापनमा ६ जना सर्ट लिष्टमा परेका छन्। दुई जनाका लागि खुल्ला विज्ञापन निकालिएको थियो।

अशोक पण्डित, नवीन शर्मा लामिछाने, डम्मर उप्रेती, सूर्यप्रकाश पाण्डेय, नवीन पौडेल र विश्वकुमार श्रेष्ठ गरी ६ जना अन्तर्वार्ताका लागि छनोट भएका छन्।

वरिष्ठ सिभिल इन्जिनियरमा १५ जना

वरिष्ठ सिभिल इन्जिनियर (तह-८) को विज्ञापनमा १५ जना सर्ट लिष्टमा परेका छन्। २ जनाका लागि निकालिएको विज्ञापनमा आवेदन दिएकामध्ये १५ जना अन्तर्वार्ताका लागि छनोट भएका हुन्। जेठ ९ गते र १० गते अन्तर्वार्ता हुनेछ।

भरत गौतम, अशोक पण्डित, नवीन शर्मा लामिछाने, अभिषेक झा, सुरेश ओली, सगुण बस्नेत, रमेशचन्द्र घिमिरे, मुकुन्द पोखरेल, डम्मर उप्रेती, धुव्रराज न्यौपाने, सुमनराज न्यौपाने, मोबिना घिमिरे, नवीन पौडेल, डिल्लीराम डाँगी र शरद लामिछाने सर्टलिष्टमा छन्।

वरिष्ठ जियोलोजिष्टमा २ जना

वरिष्ठ जियोलोजिष्ट (तह-८) का लागि निकालेको विज्ञापनमा दुई जना सर्टलिष्टमा छन्। १ जनाका लागि निकालिएको विज्ञापनमा सुदर्शन सापकोटा र त्रिलोकचन्द्र भट्ट गरी २ जना सर्ट लिष्टमा परेका हुन्।

सिभिल इन्जिनियरमा २५ जना सर्ट लिष्टमा

सिभिल इन्जिनियर (तह-७) का लागि निकालेको विज्ञापनमा २५ जना सर्टलिष्टमा परेका छन्। ४ जनाको मागमा २५ जना अन्तर्वार्ताका लागि छनोट भएका हुन्। जेठ ११ गतेदेखि १३ गतेसम्म अन्तर्वार्ता हुनेछ।

सर्टलिष्टमा पर्नेहरुमा अभिषेक झा, आशिष पोखरेल, ऋषभ ढकाल, कपिलजंग शाही, पुष्पराज घिमिरे, सुदर्शनकुमार मल्ल, सन्तोष पौडेल, नितेशकुमार यादव, लक्ष्मीप्रसाद जोशी, सौजन्य आरसी, प्रल्हाद केसी, अनुज श्रेष्ठ, अमन श्रेष्ठ, सम्झना तामाङ दोङ, उमेश बडुवाल, पुष्षकमल आचार्य, मनीष खत्री, प्रवेश विष्ट, विद्या भुसाल, गोविन्दबहादुर धामी, ओमराज पण्डित, सौरभ कार्की, मदनप्रसाद आचार्य, रोशन घिमिरे र राजीवकुमार दास छन्।

जियोम्याटिक्स/सर्भे इन्जिनियर (तह-७) का लागि १ जना माग गर्दै विज्ञापन निकालिएको थियो। जसमा विदुर पौडेल, यादवराज घिमिरे, धनबहादुर घिमिरे, धनबहादुर गुरुङ, मोहन देउवा, सौरभ सेढाई, अर्जुन नेपाल गरि ६ जना छन्।