रोजगारको लागि चिनिएको सामाजिक सञ्जाल, लिंक्डइनले ७०० भन्दाबढी जागिर कटौती गर्दै



२०८० बैशाख २६ गते १७:३८
रोजगारको लागि चिनिएको सामाजिक सञ्जाल, लिंक्डइनले ७०० भन्दाबढी जागिर कटौती गर्दै


काठमाडौं। व्यवसाय र रोजगारको लागि चिनिएको सामाजिक सञ्जाल, लिंक्ड इनले ७०० बढी जागिर कटौती गरेको छ। हाल कार्यरत २० हजार कर्मचारीमध्ये ७ सय १६ कर्मचारीहरू कटौती गरेको हो।

Tata
GBIME

कम्पनीका प्रमुख कार्यकारी रायन रोस्लान्स्कीले पत्रमार्फत फर्मको सञ्चालनलाई सुव्यवस्थित बनाउने उद्देश्यले यो कदम चालेको बताएका छन्।

पछिल्लो ६ महिनामा अमेजन, लिंक्डइनको माउ कम्पनी माइक्रोसफ्ट तथा अल्फावेटलगायत‍का फर्महरूले पनि ठूलो संख्यामा जागिर कटौती गरेका छन्।

‘बजार र ग्राहकको माग देखिएको उतारचढाव, र उदीयमान बजारहरूलाई अझ प्रभावकारी रूपमा सेवा दिन, हामी बिक्रेताहरूको प्रयोग विस्तार गर्दैछौं,’ रोस्लान्स्कीले पत्रमा उल्लेख गरेका छन्। 

उनले यस परिवर्तनले थप २५० नयाँ रोजगारीहरू सिर्जना गर्ने पनि बताए, जसमा हाल सेल्स, अपरेसन र सपोर्ट टोलीहरूबाट जागिर गुमाएका कर्मचारीले आवेदन दिन सक्नेछन्।

योसँगै लिंक्डइनले चीनमा आफ्नो स्थानीय रोजगार एपलाई पनि फेज आउट गर्ने भएको छ। लिंक्डइनका एक प्रवक्ताले फर्मले चीनमा सञ्चालन भइरहेको कम्पनीहरूलाई देशबाहिर कर्मचारीहरु भर्ती गर्न र तालिम दिन मद्दत गर्नका लागि आफ्नो उपस्थिति कायम भने गर्ने छ।

लिंक्डइन चीनमा सञ्चालन हुने एकमात्र प्रमुख पश्चिमी सामाजिक-सञ्चालक प्लाटफर्म हो। (एजेन्सीको सहयोगमा)