जीवन विकास लघुवित्तको खर्च बढ्यो नाफा घट्यो, पोहोरभन्दा आधा घट्दा नाफा ३३ करोड

बिजमाण्डू
२०८० बैशाख २६ गते १२:३७ | May 9, 2023
जीवन विकास लघुवित्तको खर्च बढ्यो नाफा घट्यो, पोहोरभन्दा आधा घट्दा नाफा ३३ करोड


काठमाडौं। खर्च बढ्दा जीवन विकास लघुवित्तको नाफा घटेको छ। लघुवित्तले सार्वजनिक गरेको चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार कर्मचारी खर्च र संचालन खर्च बढ्दा नाफा घटेको हो।

Tata
GBIME
Nepal Life

गत आर्थिक वर्षको तुलनामा लघुवित्तले चालु वर्षको ९ महिनामा कर्मचारी खर्च ८.४९ र संचालन खर्च ३९.५० प्रतिशतले बढेको छ। लघुवित्तले चैतसम्म ३२ करोड ९२ लाख खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.१२ प्रतिशतले कम हो।

गत वर्ष तेस्रो त्रैमाससम्म लघुवित्तले ६१ करोड ९ लाख बराबर खुद नाफा आर्जन गरेको थियो।

यस्तै चैतसम्म खराब कर्जा जोखिमका लागि कम्पनीले ३१ करोड ७२ लाख छुट्याएको छ। गत वर्ष पनि कम्पनीले खराब कर्जा जोखिमका लागि ७ करोड ३५ लाख छुट्याएको थियो। चालु वर्ष कम्पनीको निष्क्रिय कर्जा अनुपात निकै बढेको छ।

गत वर्षको तुलनामा कम्पनीको निक्षेप भने बढेको देखिएको छ। चैतसम्म १० अर्ब निक्षेप जम्मा भएको छ। कम्पनीको सञ्चित मुनाफा ८१ करोड ३४ लाख छ भने जगेडा कोषमा १ अर्ब ९ करोड रकम सञ्चित छ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब १८ करोड छ भने प्रति सेयर आम्दानी ३७.१४, प्रति सेयर नेटवर्थ २६१.४५ रुपैयाँ छ। मूल्य आम्दानी अनुपात भने ४०.५३ गुणा रहेको वित्तीय विवरणमा उल्लेख छ।