राष्ट्र बैंकको सञ्चालकका रुपमा अर्थसचिवले लिए सपथ, मौद्रिक समीक्षालाई बाटो खुल्यो



२०८० बैशाख २५ गते १५:४८
राष्ट्र बैंकको सञ्चालकका रुपमा अर्थसचिवले लिए सपथ, मौद्रिक समीक्षालाई बाटो खुल्यो


काठमाडौं। नेपाल राष्ट्र बैंकको सञ्चालक समिति सदस्यका रुपमा अर्थसचिव अर्जुनप्रसाद पोखरेलले पद तथा गोपनियताको सपथ लिएका छन्।

Tata
GBIME

सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग पोखरेलले सपथ लिएका हुन्।

अर्थसचिव नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको पदेन सदस्य हुन्छ। गत साता अर्थसचिवका रुपमा सरकारले पोखरेललाई चयन गरेको थियो। 

दुई महिनाको छोटो अवधिमै तोयम राया सरुवा भएपछि पोखरेल आएका हुन्। सचिव पोखरेलले सपथ लिएपछि राष्ट्र बैंकको सञ्चालक समिति बैठकलगायत अन्य कामकारवाहीमा सहभागी हुन पाउँछन्।

राष्ट्र बैंकले केही दिनभित्रै मौद्रिक समीक्षा गर्ने तयारीमा छ। रिक्त सञ्चालक पूर्तिसँगै राष्ट्र बैंकले छलफल गरेर मौद्रिक समीक्षा सार्वजनिक गर्ने छ। सचिवका कारण मौद्रिक समीक्षाको छलफल रोकिएको थियो।