साताको अन्त्यमा दोहोरो अंकले बढ्यो बजार, नबिल बैंकको डेढ लाख कित्ता किनबेच



२०८० बैशाख २१ गते १५:२९
साताको अन्त्यमा दोहोरो अंकले बढ्यो बजार, नबिल बैंकको डेढ लाख कित्ता किनबेच


काठमाडौं। साताभर घटेर राताम्य भएको सेयर बजार बिहीबार भने हरियो भएर बन्द भएको छ।

Tata
GBIME

१२.७३ अंकले बजार बढ्दा नबिल बैंकको डेढ लाख कित्ता संस्थापक सेयर ३०० रुपैयाँका दरले किनबेच भएको छ। साढे ४ करोड रुपैयाँको सो कारोबार बिहीबार भएको सबैभन्दा बढी रकमको खरिद/बिक्री हो।

नेप्से सूचक भने १८६९.७३ को विन्दुमा कायम छ। आइतबारदेखि लगातार घटेको बजारले लगभग ३८ अंक गुमाइसकेको थियो।

बजार बढ्दा एनआइबीएल ग्रोथ फण्डमा झण्डै सकारात्मक सर्किट लागेको थियो। योजनाको प्रति इकाई मूल्य ९.८६ प्रतिशत बढेको छ। त्यस्तै लक्ष्मी लघुवित्तको सेयर मूल्य पनि ९.१६ प्रतिशत बढेको छ।

निर्जीवन बीमाको सूचक सबैभन्दा धेरै बढेर १.५५ प्रतिशतले बढेको छ।

कारोबार रकममा पनि सामान्य सुधार भएको छ। बुधबार ६ महिना यताकै कम कारोबार भएको थियो। जुन बिहीबार बढेर ७३ करोड २६ लाख रुपैयाँ पुगेको छ।