एफएनसीसीआईमा उच्चस्तरीय विज्ञ समूह गठन, समूहमा गोविन्द पोखरेलदेखि शिशिर ढुंगानासम्म



२०८० बैशाख १९ गते १९:१३
एफएनसीसीआईमा उच्चस्तरीय विज्ञ समूह गठन, समूहमा गोविन्द पोखरेलदेखि शिशिर ढुंगानासम्म


काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघमा उच्चस्तरीय विज्ञ समूह गठन गरिएको छ।

Tata
GBIME

अर्थतन्त्रमा निजी क्षेत्रको भूमिकालाई थप प्रभावकारी बनाउन आवश्यक सल्लाह सुझाव दिने उद्देश्यले महासंघले विभिन्न क्षेत्रमा विशेषज्ञता हासिल गरेका विशिष्ट व्यक्तित्वहरु संलग्न उच्चस्तरीय विज्ञ समूह गठन गरिएको जनाएको छ।

समूहमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्दराज पोखरेल, पूर्व सचिव पुरुषोत्तम ओझा र शिशिर ढुंगाना, अर्थविदहरु केशव आचार्य, डा. कल्पना खनाल र डा. गणेश गुरुङ छन्।

विज्ञ समूहको पहिलो बैठक मंगलबार महासंघको सचिवालयमा बसेको छ। विज्ञ समूहको गठनबाट
महासंघका सल्लाह सुझावलाई प्रभावकारी रुपमा सरकारमा पेश गर्न थप सहयोग पुग्ने विश्वास
महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले गरे।

पहिलो बैठकमा वर्तमान आर्थिक अवस्थाबाट अर्थतन्त्र सुधार गर्न केन्दीय बैंक र सरकारले निजी
क्षेत्रको विश्वास बढाउनुपर्नेमा जोड दिइएको छ ।