इन्धन एसयुभीहरुको भिडमा फ्रेन्च कार ‘सिट्रोन सी-३’ पनि थपिँदै, २० गते नेपालमा सार्वजनिक हुने  

बिजमाण्डू
२०८० बैशाख १५ गते १६:१७ | Apr 28, 2023
इन्धन एसयुभीहरुको भिडमा फ्रेन्च कार ‘सिट्रोन सी-३’ पनि थपिँदै, २० गते नेपालमा सार्वजनिक हुने  


काठमाडौं। भारतमा उत्पादन भएको फ्रेन्च कार ‘सिट्रोन सी-३’ अर्को हप्ता नेपाली बजारमा सार्वजनिक गरिने भएको छ।

Tata
GBIME
Nepal Life

सिट्रोन गाडीको आधिकारीक बिक्रेता सांग्रीला मोटर्सले सिट्रोनको नयाँ मोडल सी-३ नेपाली बजारमा अर्को हप्ता २० गते सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।

फ्रेन्च कार निर्माता सिट्रोनले भारतमा नै उत्पादन गरेको पहिलो कार सी-३ कम्प्याक्ट एसयूभी सेग्मेन्टको कार हो।

कम्पनीका शोरुम म्यानेजर राकेश श्रेष्ठले आफुहरुले सिट्रोन सी-३ नेपाली बजारमा आगामी २० गते सार्वजनिक गर्ने तयारी गरेको बताए। उनले सी-३ मोडललाई विभिन्न दुई भेरियन्टमा नेपाली बजारमा ल्याउन लागेको जानकारी दिए।

कम्पनीले यो कार सीएमपी मोडुलर प्लाटफर्ममा तयार पारेको हो। कारको अगाडि भागमा स्पिट हेडल्याम्प, एलईडी डीआरएल तथा रियरमा र्‍याप अराउण्ड एलईडी ब्याक लाइट रहेको छ। यो गाडी दुई पेट्रोल इन्जिन भेरियन्टमा उपलब्ध छ।

कारको ओराभीएम र फ्रन्ट ग्रीलमा क्रोम फिनिस छ भने तल्लो भागमा हेग्जागन साइजको ग्रिल र अझ तलपट्टी डिउल टोन बम्पर र आल्मुनियम जस्तो देखिने स्किडप्लेट छ। यसमा ड्युलटोन डाइमण्ड कट अलोयह्वील छ। यो गाडीको ग्राउण्ड क्लियरेन्स १८० एमएम छ। यो कारमा लगेजका लागि ३१५ लिटरको बुट स्पेस दिइएको छ।

सिट्रोन सी-३ मा १.२ लिटरको ३-सिलिन्डर नेचुरल्ली एस्पिरेटेड तथा टर्बो चार्ज्ड पेट्रोल इन्जिन छ। जसले ८२ हर्सपावरमा ११५ एनएम टर्क जेनेरेट गर्न गर्दछ। यो कारमा कम्पनीले ५-स्पीडको म्यानुअल तथा अटोमेटिक ट्रास्मिसन सिस्टम दिइएको छ।

अर्को १.२-लिटरको तीन-सिलिन्डर टर्बो-पेट्रोल इन्जिन छ जसले ११० हर्सपावरमा १९० एनएम टर्क जेनेरेट गर्न सक्छ। यो ६-स्पीड म्यानुअल गियरबक्समा जोडिएको छ। तर कम्पनीले हाई-राइडिङ ह्याचब्याकमा हाल अटोमेटिक भेरियन्ट ल्याएको छैन।

२५४० एमएम ह्वील बेस रहेको यस कारमा पछाडि बस्ने यात्रुका लागि पनि पर्याप्त फराकिलो ठाउँ छ। फ्रान्सेली अटोमेकरले चार मोनोटोन कलर, ६ वटा डुअल-टोन कलरहरुमा उपलब्ध गराएको छ। यसमा ग्राहकहरूले अगाडिको बम्परको फगमा ओरेन्ज, ब्राउन वा क्रोम इन्सर्टमध्येबाट एउटा छनोट गर्न सक्छन्।

सी-३ का केही खास विशेषताहरु भएको कम्पनीले जनाएको छ। यसमा वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्लेको साथ ठूलो १० इन्चको टचस्क्रिन, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, म्यानुअल एयर कन्डिसन, ४ स्पिकर साउन्ड सिस्टम, अगाडि र पछाडि युएसबी चार्जिङ पोर्टहरू छन्।

कारमा थ्री स्पोक स्टेरिङ ह्वील, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर तथा म्यानुअल एयरकन्डिसन छ। यो कारमा वायरलेस स्मार्ट फोन चार्जर पनि छ।

सुरक्षाको हिसाबले उत्कृष्ट बनाउन यसमा हाई-राइडिङ ह्याचब्याकमा डुअल एयरब्याग, रियर पार्किङ सेन्सर र सिटबेल्ट रिमाइन्डर भएको बताइएको छ। यसले ट्याकोमिटर, रियर विन्डस्क्रिन वाइपर र डिफोगर, पावर्ड विङ मिरर एडजस्टमेन्ट, डे/नाइट आईआरभीएम, ट्याकोमिटर र डोरका लागि केन्द्रीय लक/अनलक बटन जस्ता सुविधाहरू पनि छ।

यसको मूल्य भारतमा लाइभ ट्रिमको लागि ५ लाख ७१ हजार भारु र फील ट्रिमको लागि ८ लाख ६ हजार भारु तोकिएको छ।

त्यसैले यसको मूल्य नेपालमा पनि धेरै कम हुने अपेक्षा गरिएको छ।