काठमाडौंबाट दुबई उडेको फ्लाइ दुबईको विमानमा समस्या



२०८० बैशाख ११ गते २१:३७
काठमाडौंबाट दुबई उडेको फ्लाइ दुबईको विमानमा समस्या


काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको फ्लाइ दुबईको विमानमा समस्या देखिएको छ।

Tata
GBIME

विमानस्थलबाट टेकअफ गर्न वित्तिकै ठूलो आवाजले पड्किएको सुनिएको छ।

विमान अझै पनि आकाशमै फन्को मारिरहेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार आकस्मिक अवतरणका लागि त्रिभुवन विमानस्थलमा दमकल, फम तयार गरिँदै छ।

विमानमा भएको इन्धन घटाउने उपायस्वरुप अहिले विमान नेपाली आकाशमा निरन्तर फन्को लगाइरहेको बुझिएको छ। फ्लाइ दुबईको चालक दलका सदस्य र त्रिभुवन विमानस्थलको एयर ट्राफिक कन्ट्रोल (एटीसी) बीच निरन्तर संवाद भइरहेको छ।

थप विवरण आउन बाँकी छ।