चालु वर्ष २.८६ खर्ब रुपैयाँ निक्षेप बढ्यो, चैतमा करिब ५५ अर्बले थपियो

बिजमाण्डू
२०८० बैशाख ६ गते १७:४२ | Apr 19, 2023
चालु वर्ष २.८६ खर्ब रुपैयाँ निक्षेप बढ्यो, चैतमा करिब ५५ अर्बले थपियो

काठमाडौं। चैतमा वाणिज्य बैंकहरुको निक्षेप ५४ अर्ब ८७ करोड रुपैयाँ वृद्धि भएको छ। फागुनसम्म ४७ खर्ब ७२ अर्ब रुपैयाँ रहेको निक्षेप चैत अन्त्यसम्म ४८ खर्ब २७ अर्ब रुपैयाँ छ।

Tata
GBIME
Nepal Life

चालु आर्थिक वर्ष सुरु भएपछि निक्षेप २ खर्ब ८६ अर्ब रुपैयाँ बढिसकेको छ।

चैतमा बैंकहरुले २८ अर्ब ७६ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। चैतसम्म ४३ खर्ब ९ अर्ब रुपैयाँ ऋण दिइसकेका छन्। फागुन मसान्तमा ४२ खर्ब ८० अर्ब रुपैयाँ थियो।

पछिल्लो नौ महिनामा एक खर्ब ३४ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ।