महिन्द्रा एक्सयुभी ३०० एसयुभी ३ वर्षपछि पुन: नेपाली बजारमा, मूल्य ४२.९५ देखि ६० लाखसम्म

बिजमाण्डू
२०८० बैशाख ६ गते १७:३० | Apr 19, 2023
महिन्द्रा एक्सयुभी ३०० एसयुभी ३ वर्षपछि पुन: नेपाली बजारमा, मूल्य ४२.९५ देखि ६० लाखसम्म

काठमाडौं। महिन्द्रा एक्सयुभी ३०० एसयुभी ३ वर्षपछि पुन: नेपाली बजारमा सार्वजनिक भएको छ।

Tata
GBIME
Nepal Life

महिन्द्रा एण्ड महिन्द्राको नयाँ कम्प्याक्ट एसयूभी एक्सयूभी-३०० बुधबार महिन्द्राको आधिकारिक बिक्रेता अग्नि ग्रुपले सार्वजनिक गरेको हो।

एक्सयूभी- ३०० हेड (टर्निङ) चितुवाबाट प्रेरित डिजाइनमा छ। भेरियन्ट अनुसार यसको मूल्य ४२ लाख ९५ हजारदेखि ६० लाख रुपैयाँसम्म तोकिएको छ।

कार्यक्रममा अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले एक्सयूभी ३०० नेपालमा सार्वजनिक गर्न पाउँदा उत्साहित भएको बताउँदै महिन्द्रा गाडीको नविनतम उत्पादन भएको बताए। उनले अहिले एक्सयुभी ३०० लाई नेपाली जनताको लागि सहुलियत मुल्यमा पस्किएको बताए।

एक्सयूभी ३०० कम्फर्ट मोडमा सहरी ट्राफिकमा सहजतापूर्वक सञ्चालन गर्ने सुविधा प्राप्त हुन्छ भने स्पोर्ट मोर्डले उच्च गति र जोशका लागि ग्राहकको आवश्यकता पूरा गर्ने विज्ञप्तिमा उल्लेख छ।

यसमा आकर्षक सनरुफको साथै, एलइडी डेटाइम रनिङ- लाइट, पुस स्टार्ट–स्टप बटन, टच स्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डबल जोन क्लाइमेट कन्ट्रोल लगायतका विशेषता उपलब्ध रहेको जनाइएको छ।

पेट्रोल र डिजेलको टर्बो चार्ज हुने सवारी सञ्चालन संयन्त्र (पावरट्रेन) प्रणालीले कुशलतापूर्वक इन्जिनको शक्ति उपयोग गर्ने र व्यापक सञ्चालनका तहहरूमा टर्क उपलब्ध गराई रोमाञ्चकता प्रदान गर्ने कम्पनीको दाबी छ। यसमा थुप्रै फर्ट इन सेग्मेन्ट सेफ्टी फिचरसमेत दिइएको छ।

सात वटा एयरब्याग, चारै चक्कामा डिस्क-ब्रेक, १७ इन्च अलोय-ह्विल, इबिडी तथा एबीएसजस्ता अत्याधुनिक विशेषताले एक्सयुभी-३०० निकै सुरक्षित गाडी बनेको कम्पनीको दाबी छ।

यी गाडी एक्वा मरिन, सनब्रस्ट ओरेन्ज, रेड रेज, पर्ल ह्वाइट, नेपोली ब्ल्याक, डी–स्याटसिल्भरमा उपलब्ध रहेका छन्। एक्वा मरिन र तथा रेड रेज डब्लू ८ (अप्सनल) प्याकमा मात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ।

एक्सयुभी ३०० मा नयाँ एसयुभी १.२ लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध रहेको छ। यसमा उपलब्ध १.२ लिटर पेट्रोल इन्जिनले ५ हजार आरपिएममा ११० पिएस पावरका साथै ३५ सय आरपिएममा २०० एनएम-टर्क उत्पादन गर्छ ।

साथै, १.५ लिटर डिजेल इन्जिनले ३७५० आरपिएममा ११५ पिएस पावरका साथै १५ सय २५ सय आरपिएममा ३०० एनएम–टर्क उत्पादन गर्छ। यो गाडीले युवा पुस्तालाई आकर्षित गर्ने कम्पनीको अपेक्षा छ।