
काठमाडौं। नेपाल उद्योग बाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा जिल्ला/नगरतर्फ सर्वाधिक मत अन्जन श्रेष्ठले ल्याएका छन्।
उनले ल्याएको मत भने कुल मतको ५० प्रतिशत पुग्दैन। उनले ल्याएको मत ४० प्रतिशत मात्र हो।
रामचन्द्र संघईले ३३ प्रतिशत र उमेललाल श्रेष्ठले २३.९३ प्रतिशत मत ल्याएका छन्। कुल ११७ मतमध्ये अन्जनको ४७, रामचन्द्रको ३९ र उमेशको २८ हो। तीन वटा मत बदर भएको छ।
एसोसिएट्स तर्फको वरिष्ठ उपाध्यक्षमा अन्जनले ५५८, उमेशले ४१५ र रामचन्द्रले ६१० मत प्राप्त गरेका थिए
एशोसिएट्स र जिल्ला/नगरको आधार मान्ने हो भने अब निर्वाचन दोस्रो चरणमा प्रवेश गर्ने छ। बाहिरिएको उम्मेदवारले जसलाई सघाउँछ उसैले निर्वाचन जित्ने संभावना बलियो भएको छ। अहिले बस्तुगतको मतगणना सुरु भएको छ।