सेयर बजार र घरजग्गामा लगानी गर्ने हाथवे इन्भेष्टमेन्टको व्यापार २ अर्बभन्दा बढीले घट्यो

बिजमाण्डू
२०७९ चैत्र २७ गते १७:५१ | Apr 10, 2023
सेयर बजार र घरजग्गामा लगानी गर्ने हाथवे इन्भेष्टमेन्टको व्यापार २ अर्बभन्दा बढीले घट्यो

काठमाडौं। हाथवे इन्भेष्टमेन्टको व्यापार २ अर्बभन्दा बढीले घटेको छ। २०२०/२१ मा ३ अर्ब ५२ करोड २० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले २०२१/२२ मा १ अर्ब २७ करोड ७० लाख रुपैयाँ व्यापार गरेको हो।

Tata
GBIME

सेयर बजार, घरजग्गालगायतमा लगानी गरेको यस कम्पनीले २०१९/२० मा ९८ करोड ४० लाख र २०१८/१९ मा ६९ करोड ७० लाख रुपैयाँ व्यापार गरेको थियो।

२०२२/२३ को आठ महिनामा कम्पनीले ११ करोड ६० लाख रुपैयाँको कारोबार (अपरिष्कृत) गरेको इक्रा नेपालले जनाएको छ।

कम्पनीमा सबैभन्दा धेरै सेयर स्वामित्व आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालको ३०.१ प्रतिशत छ। एसआर हाइड्रोको २८.१ प्रतिशत, अम्बिकाप्रसाद पौडेलको ८.७ प्रतिशत र निमिसा इन्भेष्टमेन्टको ५.७ प्रतिशत स्वामित्व छ। बाँकी हिस्सा भने विभिन्न ४० व्यक्ति तथा संस्थाहरुको छ।