रवि लामिछानेलाई दिने भन्दै उनका सांसदले गरे दुर्गा प्रसाईसँग २ करोडको डिल

बिजमाण्डू
२०७९ चैत्र २६ गते १४:१५ | Apr 9, 2023
रवि लामिछानेलाई दिने भन्दै उनका सांसदले गरे दुर्गा प्रसाईसँग २ करोडको डिल


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठले २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ।

Tata
GBIME
Nepal Life

कपुरबोट मिडियाले मेडिकल व्यवसायी दुर्गा प्रसाइसँगको अडियो सार्वजनिक गरेको हो। उक्त अडियोमा श्रेष्ठले आफ्नो पार्टीको भागमा स्वास्थ्य मन्त्रालय परेको र स्वास्थ्य मन्त्री बन्न २ करोड चाहिने बताएका छन्।

‘दुई/तीन जना छुट्टै छन् पार्टीलाई धेरै सहयोग गर्ने, रवि सरलाई। त्यो टिमबाट मलाई कुरा आएको हो। आज नै फिक्स गर्नुपर्छ पैसा। उदारो हुँदैन भन्छन् फेरि। २ साढे २ भन्छन्। मैले १ दिए पनि मान्छन् होला। चेक दिए पछि पनि मान्छन् होला,’ उक्त अडियोयमा श्रेष्ठले भनेका छन्।

प्रसाईले आफूले २ करोड दिने वाचा गरेको उक्त अडियोमा सुन्न सकिन्छ। प्रसाइले उक्त संवादका क्रममा सभापति रवि लामिछानेलाई नै पुग्छ पैसा भनेर श्रेष्ठलाई प्रश्न गरेका छन्। जवाफमा रवि लामिछानेलाई भन्दा पनि उनी निकटबाट कुरा आएको श्रेष्ठले बताएका छन्। 

रास्वापाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले उक्त अडियो अहिलेको नभएको बताए।

‘पुस १०/१२ तिरको अडियो लिक भएको रहेछ। यसमा पार्टीले पैसा लिएर मन्त्री र सांसद बनाउने कुरा छैन। पैसा लिएर मन्त्री बनाउने भए अरु नै मन्त्री भइहाल्नु हुन्थ्यो होला,’ बुर्लाकोटीले पहिलोपोस्टसँग भने।